नेप्सेमा करेक्सन, १ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ अंक विन्दुमा आइपुगेको छ ।

आज २७ लाख ४५ हजारको कित्ता सेयर १ अर्ब २ करोड ३६ लाखमा खरिद बिक्री भएको छ ।

आज ४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको घटेको छ ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

आज हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड २२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख, नेपाल टेलिकमको ४ करोड ६७ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ४८ लाख र नेपाल रि इन्स्योरेन्सको ३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स