ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २३ गते हुने

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले आफ्नो वार्षिक साधारणसभा डाकेको छ।

दुवै बैंकको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा बिहान १० बजेबाट हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८/७९को मुनाफासमेतबाट चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) स्वीकृत गर्ने र सोही हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ। सभाले डीडीएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गर्नेछ।

सभाले दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका विशेष दस्तावेजहरु अनुमोदन गर्नेछ।

मर्जर प्रयोजनका लागि बैंक सेयर कारोबार गत असारबाट रोक्का रहेको छ।

वार्षिक साधारणसभा र बोनस सेयर प्रयोजनार्थ बैंकले मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई मंसिर १४ गतेसम्म बैंकको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलमा प्राप्त सेयर नामसारीका आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

त्यस्तै, बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभा काठमाडौंको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८/७९को मुनाफासमेतबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) छन्।

सभाले बोनस सेयर जारी भएपश्चात बैंकको पुँजी वृद्धि हुने भएकोल सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।

सोही सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ। सभाले डीडीएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गर्नेछ।

सभाले दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका विशेष दस्तावेजहरु अनुमोदन गर्नेछ।

मर्जर प्रयोजनका लागि बैंक सेयर कारोबार गत असारबाट रोक्का रहेको छ। यसथै असार १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंक लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स