एनसीसी बैंकको भीआरएस योजनाः म्यानेजरदेखि एजुकेटिभसम्मले के-के पाउँदै छन् सुविधा ?

काठमाडौं । कुमारी बैंकसँग मर्जरमा जान लागेको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले कर्मचारीको लागि स्वेच्छिक अवकास योजना (भीआरएस) सुविधा ल्याएको छ । कुमारीसँग मर्जर जाने भएपछि एनसीसीले कर्मचारीको व्यवस्थापन मिलाउन भीआरएस ल्याएको हो ।

उक्त योजनामा एनसीसी बैंकबाट एजुकेटिभ लेभलदेखि म्यानेजर लेभलसम्मका करिब २० जना कर्मचारीले बैंकले ल्याएको सुविधा लिने बुझिएको छ । हिजो सोमबारसम्म भीआरएस सुविधाको लागि आवेदन दिन पाउने गरि ल्याइएको उक्त योजनामा कर्मचारीको पद र बाँकी कार्यावधि हेरेर सुविधा ल्याइएको छ ।

तिहारअघि बैंकले सो योजना ल्याएको हो । आवेदन दिने म्याद हिजो सकिएपनि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्याल नेपालमा नहुनु भएकोले उहाँ फर्केपछिमात्रै अवकास योजनामा सामेल भएका कर्मचारीको आवेदन स्वीकृत हुनेछ ।

भीआरएसका लागि आवेदन दिने कर्मचारीले बाँकी सेवा अवधि र पदको आधारमा १८ देखि ३० महिनासम्मको तलव भत्ता सुविधा पाउने छन् भने १२ महिना बराबरको तलव वा गाडीको मूल्यमध्ये जुन कम हुन्छ त्यहि सुविधा पाउने योजनामा उल्लेख गरिएको छ ।

एनसीसी बैंक र कुमारी बैंकले आगामी पुस १७ गते वा जनवरी १ बाट एकीकृत कारोबार गर्ने गरी तयारी गरिरहेका छन् । कुमारी बैंकसँग मर्जरमा जाने भएपछि एनसीसी बैंकको माथिल्लो तहका कर्मचारीलाई सो योजना ल्याएर मर्जर प्रक्रियालाई सहजीकरण गर्न लागेको हो ।

अहिले दुबै बैंक डीडीए प्रक्रियामा लागेका छन् । १ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका यी दुई बैंक मिलेर बन्ने कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत भने हाल एनसीसी बैंकका सीईओ रमेशराज अर्याल नै हुनेछन् भने सिनियर डेपुटी सीईओमा हाल कुमारी बैंकका सीईओ रामचन्द्र खनाल रहने गरी मर्जर प्रक्रियामा जान सहमत भएका हुन् । यी दुई बैंकले एक आपसमा मर्जरमा जानका लागि गत असोज ९ गते प्रारम्भिक सम्झौता गरेका थिए ।

यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जरमा जाने भएकाले मर्जर पछि उक्त बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ५६ हजार पुग्नेछ ।

यसअघि नेपालको बैंकिङ उद्योगकै आकर्षक भीआरएस स्किम कुमारी बैंकले ल्याएको थियो । त्यसपछि त्यस्तै आकर्षक स्किम ल्याउनेमा सांग्रीला बैंकको नाम थियो भने अहिले कुमारीसँगै मर्जर जानका लागि एनसीसी बैंकले योजना ल्याएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स