नेप्से २१ अंकले बढ्दा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक २१.१६ अंकले बढेर १९०४.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज २४ लाख ५२ हजारको कित्ता सेयर ९४ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।

आज १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको घटेको छ ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

आज शिवम् सिमेन्टस्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको ८ करोड ९९ लाख, न्याङदी गु्रप पावरको ७ करोड ८३ लाख, गोर्खाज फाइनान्सको २ करोड ५३ लाख र नेष्डो समृद्विको २ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स