नेप्सेमा कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत भएको छ।

सोमबार बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

कुमारी बैंकले गत भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म यो ऋणपत्र बिक्री गरेको थियो। कुल ३ अर्बबराबरको ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिएको थियो। यो ऋणपत्रको बाँडफाँट भने गत असोज ७ गते गरिएको थियो।

कुमारी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउँछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स