मंसिरमा बैंकको ब्याज नबढ्ने, पुसमा घट्ने, यस्तो छ राष्ट्र बैंकको ब्याजदर घटाउने रणनीति

काठमाडौं । कार्तिक महिना लागेपछि बैंकहरूमा निक्षेप बढ्दै गएको छ । कार्तिक ११ गतेदेखि १८ गतेसम्म दैनिक औसतमा ३ अर्बका दरले निक्षेप उठाएका बैंकहरूले तरलता सहज हुने देखेपछि मंसिर महिनामा ब्याज नबढाउने भएका छन् । त्यसैपनि असोज महिनामा ब्याज बढाएका बैंकहरूले कार्तिकमा निक्षेप बढ्ने आँकलन गर्दै ब्याज बढाएनन् । मंसिरमा पनि यसैलाई निरन्तरता दिने बैंकरहरूले निर्णय गरेका हुन् ।

बढि ब्याज तिरेर निक्षेप संकलन गरेका बैंकहरूले कार्तिक महिनामा कर्जाको ब्याज बढाएर १८ प्रतिशतसम्म पुर्याए । यसको विरुद्धमा उद्यमी व्यवसायीहरूले सरकार र राष्ट्र बैंकका विरुद्धमा सडकमा उत्रिए । राष्ट्र बैंकको निर्देशन पछि अहिले उनीहरूले आन्दोलन स्थगन गरेका छन् । राष्ट्र बैंकले ब्याजदर घटाउने नीति लिने भएकाले नै उनीहरूले आन्दोलन स्थगन गरेका हुन् ।

ब्याजदर घटाउने, लगानी योग्य पुँजी सहज गराउने मौद्रिक उपकरण बजारमा ल्याउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत बजारमा लगान योग्य पुँजीको सहजता गराउने मौद्रिक उपकरण ल्याउने बुझिएको छ । राष्ट्र बैंकको नीतिले बाधेर बैंकमा थुप्रिएर बसेको ठूलो थैली बजारमा प्रवाह भएपछि बजारको आवश्यकता अनुसारको माग धान्न नसकेपनि केहि हदसम्म बजारलाई सहज बनाउने राष्ट्र बैंकले बताएको छ ।

बैंकहरूले दैनिक तरलता व्यवस्थापनका लागि लिने कर्जाको बक्यौता घट्दै गएको र कर्जा लगानीका लागि समेत केहि सहजको अवस्था देखिएको छ । अहिले देश चुनाव माहोलमा होमिएकोले बैंकहरूले लगानी गर्न सक्ने भएपनि कर्जाको माग छैन । निर्वानपछि चुनावमा खर्च भएको पैसा पनि बजारमा आउने हुँदा आगामी पुसदेखि ब्याजदर घट्छ ।

बैंक वित्तीय संस्थाले राष्ट्र बैंकमा सरकारी ऋणपत्र धितो राखेर लिने कर्जाको बक्यौतामा निरन्तर कमी आएको छ । गत शुक्रबार यस्तो कर्जा बक्यौता ७३.५ अर्ब भएकोमा आइतबार झनै घटेर ६३ अर्बमा झरेको छ । यो कर्जा बक्यौता पछिल्लो १० महिनाको न्यून हो । गत असार ९ गते हालसम्मकै उच्च २४७ अर्ब राष्ट्र बैंकमा कर्जा बक्यौता थियो । पछिल्लो समयमा बैंकहरूले १५६ अर्ब रुपैयाँ सम्म कर्जा प्रदान गर्न सक्ने क्षमता रहेको छ । हाल बैंकहरूको औसत कर्जा निक्षेप अनुपात पनि ८७.१ प्रतिशत छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स