शिवम् सिमेन्ट्सको नाफा २७ करोड ४७ लाख

शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो । सञ्चालन आम्दानी घटेपनि अन्य आम्दानी बढेको र खर्च नियन्त्रण गरेका कारण कम्पनीको नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशत घटेको छ । अन्य आम्दानी ३ हजार २४८.४३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ९३ लाख रुपैयाँ रहेको अन्य आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३१ करोड ३४ लाख रुपैयाँ पुगेको छ । होङ्सी सिमेन्टबाट आएको लाभांशका कारण कम्पनीको यस्तो आम्दानी बढ्न पुगेको हो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स