नबिल बैंकले विद्युतीय सवारी किन्न ८० प्रतिशतसम्म ऋण दिने

काठमाडौं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ ।

बिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको बैंकले जनाएको छ।

उक्त सम्झौता अनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन् ।

टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउनेछन् ।

नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स