‘बिजनेश म्यानबाट सन्यास लिए चौधरी देशकै उम्दा राजनीतिज्ञ र अर्थतन्त्र सुधारको महानायक बन्न सक्छन्’

काठमाडौ । ‘नुडल्स किङ’ भरेर विश्व बजारमा ख्याति कमाएका विनोद चौधरी अहिले चुनावी मैदानमा होमिएका छन् । मुलुकमा उद्यम व्यवसायको विकास र विस्तार गरी १२ हजारलाई रोजगारी दिएर देशलाई समृद्ध बनाउन सघाएका उनै चौधरी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।

दर्जन उद्यम व्यवसाय गरी देशलाई आत्मनिर्भरताको बाटोको पथ प्रर्दशक बनेका चौधरी देशको नीति निर्माणतहमा पुग्नका लागि आर्थिक रुपमा सवल अर्थतन्त्र भएको मुलुक बनाउने अनुमोदनका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

विश्व बजारमा उद्यम व्यवसायको माध्यमबाट समेत ख्याती कमाएका चौधरीले अहिले लिएको बाटोबाट सफलता पाउनको लागि अर्थात देशको अर्थतन्त्र सुधारको महानायक बन्नको लागि भने अहिले चौधरी ग्रूपमा रहिरहेको पोजिशनमा नरहेर निःस्वार्थ भावबाट देशको सेवामा समर्पित हुनुपर्छ अर्थात चौधरी ग्रूप र सीजी कर्प ग्लोबलका अध्यक्ष नरहेर उनी एक राष्ट्र सुधारकको रुपमा अर्थतन्त्र सुधारको महानायक भएर उभिनु पर्छ अर्थात बिजनेश म्यानबाट सन्यास लिएर देश र राष्ट्रका लागि समर्पित भएमा चौधरी देशकै उम्दा राजनीतिज्ञ र अर्थतन्त्र सुधारको महानायक बन्न सक्छन् ।

यदि उनी राजनीतिमा होमिएपछि पनि अध्यक्ष पदमा बसिरह्ने हो भने उनले गर्ने नीति निर्माणमा स्वार्थ बाझिन्छ र यसले उनलाई सफल बनाउन बाधा अड्चन ल्याउँछ अर्थात पोलिसी करप्टेडका रुपमा उनको छवि स्थापित हुन सक्छ । यसबाट बच्चको लागि पनि उनले यो कदम चाल्न आवश्यक छ ।

अन्तर्राष्ट्रिय फिगर बनिसकेका चौधरीले देशको अर्थतन्त्र सवल बनाउने पक्षलाईमात्र केन्द्रमा राखेर राम्रो काम गर्न सक्छन् । कुटनीतिक नियोगमा समेत राम्रो सम्बन्ध स्थापित गरेका चौधरीलाई त्यो तवरबाट पनि राम्रो सहयोग मिल्छ र उनलाई सफल बन्न सहयोग मिल्छ ।

देशमा उद्यम व्यवसाय गरेर देशलाई समृद्ध बनाउन तथा कुल गार्हस्थ्य उत्पादनमा बढाउन अहम भुमिका खेलेका चौधरी लोक कल्याणकारी राज्य निर्माण र अर्थतन्त्र सुधारका पथप्रर्दशक बन्न सक्नेमा दुई मत छैन । जसरी उनले उद्यम व्यवसाय क्षेत्रमा आफूलाई सफल बनाउन सके त्यसरी नै नेतृत्वमा पुग्न सके भने उनले देशको मुहार फर्ने नीति नियम बनाउने देखि त्यसको कार्यान्वयन पक्षलार्य समेत त्यति नै बलियो बनाउने छन् ।

उत्पादनमूलकदेखि सेवामूलक क्षेत्रमा समेत उत्तिकै जमेका चौधरीलाई कुन ऐन कानुन कुन कुन क्षेत्रको लागि उपयोगी छन्, कुन कुन परिमार्जन गर्न आवश्यक छ र कुन क्षेत्रको लागि कस्तो खालको नयाँ ऐनको आवश्यक छ अर्थात कुन क्षेत्रमा हिट गर्दा देशको अर्थतन्त्रमा दिगो रुपमा सुधार हुन्छ भन्ने कुरा उनले राम्ररी बुझेका छन् ।

ऐनको असर तथा प्रभाव समेत गहनाताका साथ माइलेज बुझेका चौधरीको जति बुझाइ अन्य कुनै सांसदको खुबीमा देखिदैन । किनकी उनको रगतमै उद्यम व्यवसाय गरेर देशलाई आत्मनिर्भर बनाउने पुस्तौंनी रगत बगेको छ । उनले कमाएको पैसा र उद्यम व्यवसायका हिसावले पनि उनलाई किङ्नै मान्न सकिन्छ ।

उद्यम व्यवसायमा उपल्लो तहमा पुगेर डलर अर्बपति बनेका विनोद चौधरी अर्थमन्त्री बन्न सक्ने क्षमतावान उम्मेदवार हुन् । यदि उनले त्यो पदमा बसेर देशको बागडोर सम्हाल्न पाए भने देशको अर्थतन्त्र सुधारमा काचुली नै फेर्न पनि सक्ने स्पष्टता उनको क्षमताले पुष्टि गर्छ । जसरी उनले आफ्नो उद्यम व्यवसायलाई देशकैमात्र नभएर अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी स्थापित बन्न सफल भए त्यसरी नै देशलाई समृद्ध बनाउन समेत उनको महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास जो कोहिले गर्न सक्छ ।

जनताको मतबाट उनी सांसद बनेपछि अर्थतन्त्रको स्तरोन्नती गर्न टेवा मिल्छ नै, यदि उनी अर्थमन्त्री नभएर उद्योग तथा वाणिज्य मन्त्रीमात्रै बन्न सके भने पनि देशमा धेरै उद्योगधन्दाको विकास र विस्तारका लागि नयाँ उद्यमीलाई बल मिल्छ भने वैदेशिक लगानीका लागि समेत विश्वास सिर्जना हुन्छ । साच्चै भन्ने हो चौधरीले देशको नेतृत्व गर्न पाए भने उनी अर्थतन्त्र सुधारका महानायक बन्न सक्छन् । देशले काँचुली नै फेर्न सक्छ ।

चौधरीको राजनीति करियर
पञ्चायतकालमा रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्र शाह र सूर्यबहादुर थापासँग निकट सम्बन्ध बनाएका चौधरी २०४६ पछि नेकपा (एमाले)सँग नजिकिएका थिए । तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसमा प्रवेश गरे । यसअघि नेपाली कांग्रेस समानुपातिकबाट सांसद बनेका चौधरी यस पटक जनताको मतबाट चुनिएर सांसंद बन्न निर्वाचन क्षेत्र दौडाहमा लागेका छन् ।

अहिले जनताको मत माग्न घरघरमा पुगेको भिडियो फोटोहरू सार्वजनिक भइरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका ६७ वर्षीय चौधरी अहिले ‘रेञ्ज रोभर’ छाडेर कहिले तीनपांग्रे टुकटुके त कहिले कार्यकर्ताको मोटरसाइकलको पछाडि बसेर त कहिले पैदलै हिडेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । किसानको खेतखेतमा पुगेका छन् ।

आर्थिक अनियमितता अन्त्य गर्न समेत रोलमोडल
विश्वका धनाढ्य व्यक्तिको सूचीका सूचीकृत भएका चौधरीले सार्वजनिक रुपमै भनेका छन् मलाई आर्थिक रुपमा सहयोग गर्नुपर्दैन, मत र मनले सहयोग गरिदिए पुग्छ भनेर । उनको यो भनाइले उनले आर्थिक अनियमितता गर्दैनन् र गर्नेलाई समेत सचेत बनाउँछन् भन्ने हो । देशमा व्याप्त भष्ट्राचारको अन्त्य गर्न चौधरीजस्तो पैसामा लालच नभएको अर्थात धन सम्पत्तिले परिपूर्ण भएको व्यक्तिलाई दाम नभइ नाम, इमान र प्रतिष्ठा चाहिएको छ । उद्यम व्यवसाय गरेर त उनले प्रशस्त पैसा कमाइसकेका नाम र प्रतिष्ठा कमाइसकेका चौधरी आर्थिक अनियमितताको अन्त्य गर्न रोलमोडल बन्न सक्छन् ।

कस्तो छ त उनको सम्भावना ?
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिमाणअनुसार चौधरीले नवलपरासी–१ मा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

उक्त निर्वाचनमा यो क्षेत्रमा एमालेले २६ हजार ७७९ मत पाएको थियो । त्रिपाठीको नेपाल प्रगतिशील पार्टीले ४ हजार ६८१ र जनता समाजवादी पार्टीले ३ हजार ५३९ मत पाएका छन् ।

त्यस्तै, कांग्रेसले ३० हजार ३४२, माओवादी केन्द्रले ५ हजार ३४७, एकीकृत समाजवादीले १ हजार १४१ र राष्ट्रिय जनमोर्चाले २६० मत पाएको थियो । यसअनुसार नवलपरासी–१ मा सत्ता गठबन्धनसँग ३७ हजार ७२ मत छ । यो मत चौधरीको लागि अनुकूल देखिन्छ । यद्यपि चुनाव भनेको चुनावै हुने भएकाले उनले आफ्नो पक्षबाट गर्न सक्ने जति मेहनत गर्न सकेका छैनन् ।

त्यसो त्यस क्षेत्रका आम नागरिकलाई चौधरीले गुनै गुन लागएका छन् । आफ्नै निर्वाचन क्षेत्रमा चौधरी ग्राम छ । त्यहि नै उनका धेरै उद्योगहरू सञ्चालनमा आएका छन् र धेरैले रोजगारी पाएका छन् ।

चौधरीको सम्पत्ति र उद्यम व्यवसाय तथा कृर्ति
विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोर्ब्स म्यागजिनका अनुसार चौधरी ग्रूप र सीजी कर्प ग्लोबलका अध्यक्ष रहेका चौधरीको १.५ बिलियन डलर (१ खर्ब ९८ अर्ब रुपैयाँ) सम्पत्ति छ ।

उनी मातहत १६० कम्पनी छन्, १२३ वटा ब्रान्ड चौधरीको व्यवसायमा जोडिएका छन् । ५ वटै महाद्वीपका २७ देशमा चौधरीले आफ्नो अड्डा जमाएको छ । विश्व बजारमा चौधरीको वाइ–वाइ ब्रान्डको चाउचाउको २.६ प्रतिशत हिस्सा छ ।

उद्योग, व्यापार, पर्यटन, शिक्षा, मनोरञ्जन, वित्त, सञ्चार र निर्माण क्षेत्रमा लगानी गरेका चौधरीले नवलपरासीमा शाश्वत धाम पनि बनाएका छन् । उनले आत्मकथा, राजनीतिसँग जम्काभेट र उद्यमीका आँखा शीर्षकका किताबहरू पनि प्रकाशित गरेका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स