युनाईटेड इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । युनाईटेड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँको ५ प्रतिशतका दरले हुने बोनस सेयर ५ करोड १४ लाख ८ हजार र नगद लाभांश ( बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ) ०.२६३२ प्रतिशतले हुने २७ लाख ५ हजार ६ सय ८४ रूपैयाँ गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स