विद्युतीय सवारी साधनको प्रयोग बढाउन मोटरसाइकलको कर बढाएः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन मोटरसाइकलको कर बढाएको बताएका छन् । शर्माले प्रतिस्थापन विधेयक ल्याएपछि आइतबार गरिएको पत्रकार भेटघाट कार्यक्रममा विद्युतीय सवारी साधनको प्रयोग बढाउन मोटरसाइकलको कर बढाएको स्पष्ट पारेका छन् ।

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत १२५ सीसीदेखि १५५ सीसीसम्मको दुई पाङ्ग्रे सवारीमा कर बढाइएका छन् । सो विषयमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफूले मोटरसाइकल पनि विद्युतीय भएमा अझ राम्रो हुने मनसाय देखाए । ‘मोटरसाइकल देशभित्रै एसेम्बल गर्न सकिने भएको छ अब गाडी पनि यसरी नै उत्पादन गर्न सक्नुपर्छ,’ उनले भने । सरकारले अब महँगा गाडी खरिद गर्दा विद्युतीय सवारी खरिदमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा अर्थमन्त्री शर्माले देशभित्रै विद्युतीय सवारी उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए । विद्युतीय सवारी उत्पादन गर्न चाहने कम्पनी स्थापनाका लागि सरकारले सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स