जाडोबाट बच्न यी खानेकुरा खानुस्, रोग प्रतिरक्षा क्षमता बढ्छ

काठमाडौं । देशभर जाडो बढेको छ । अहिले सबैलाई जाडोकै चिन्ता छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । जाडोमा बच्नका लागि कपडा लगाएर मात्र हुँदैन, मौसम अनुसार तातो खालका खानेकुरा समेत खानुपर्छ । तर, कहिलेकाँही जाडोमा शरीर तातो बनाउन खानेकुरा खाँदा उल्टै स्वास्थ्यमा हानी पुग्छ । त्यसैले जाडोमा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने ज्ञान हुन पनि जरुरी छ ।

जाडो मौसममा रुघाखोकी र फ्लु हुन सक्ने भाइरसको पनि खतरा हुन्छ । यो समय हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले सामान्य रूपमा काम गरिरहेको हुन्छ । त्यसैले जिंक पर्याप्त भएका खानेकुरा पनि खानुपर्छ । यस्तै, स्वस्थ र सक्रिय प्रतिरक्षा प्रणालीका लागि शरीरलाई आइरन पनि उत्तिकै आवश्यक छ । यसबाहेक माछा, अन्डा र चिजजस्ता भिटामिन बी– १२ पर्याप्त भएका खानेकुरा पनि निरन्तर खाइरहनुपर्छ ।

जाडोमा भोकै बस्नु हुँदैन अर्थात दबाउनु हुँदैन । स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ । हरियो सागपात राम्रो भोजन हो कारण यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक पदार्थ पर्याप्त मात्रामा हुन्छ ।

–कम चिनी हालिएको गाजरको खीर खानुपर्छ । जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ ।

–सिट्रस फल(कागती, सुन्तला) बाट भरपूर भिटामिन सी प्राप्त हुन्छ । यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले रुघाखोकीसँग लड्ने शक्ति समेत प्रदान गर्छ ।

–जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ । मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनु पर्छ । नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ। खाना पकाउँदा संतृप्त बसीय पदार्थको साटो असंतृप्त बसीय पदार्थ प्रयोग गर्नुपर्छ अर्थात् रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाउनु पर्छ ।

–मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ ।

–जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ ।

–पानी एवम् अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवनबाट जोगिनुपर्छ ।

–जसले जाडो मौसममा शरीरको तौल कम गर्ने चाहना राख्छन् उनीहरूले चिल्लो पदार्थ सेवन गर्नु हुँदैन । उनीहरूको आहारमा फाइबर, फलफूल, सलाद एवं तरल पदार्थ पर्याप्त मात्रामा हुनुपर्छ । अन्न, मल्टिग्रेन आटा, ब्राउन ब्रेड तथा उच्च फाइबरयुक्त बिस्कुट पनि तौल कम गर्न सहयोगी हुन्छन् ।

–अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन् । घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ । एजेन्सी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स