नेप्सेको पुरानो वेबसाइट बन्द, यस्तो छ आइतबारबाट संचालनमा आउने नयाँ वेबसाइट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ। नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइट बन्द भएको जनाएको हो । नेप्सेको पुरानो वेबसाइट हिजो बिहीबार साँझबाटै बन्द भएको थियो।

यो सँगै अब नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np/ आइतबार (कार्तिक २७ गते)बाट पूर्णरुपमा संचालनमा आउने छ ।

नेप्सेले कार्तिक ६ गते एक सूचना सार्वजनिक गर्दै नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा संचालनमा ल्याउने जनाएको थियो । साथै, नेप्सेले उक्त सूचनामा सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा युजर आईडी कार्तिक २५ गतेभित्र अनिवार्य रुपमा लिन आग्रह गरेको थियो।

कात्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरण नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने हुँदा पुरानो वेबसाइटअन्तर्गत सम्पूर्ण लगइन तथा युजर आईडी खारेज हुने सूचनामा उल्लेख गरिएको थियो ।

सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु तोकिएको समयभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधान अनुसार भई जाने समेत नेप्सेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स