काठमाडौं । राष्ट्र बैंकले उद्यमी व्यवसायीको आन्दोलनमा होमिएका बैकरलाई कारवाही गर्ने भएको छ । उनीहरूले अर्थतन्त्रलाई हानी पुर्याउने काममा होमिएको भन्दै बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले आन्दोदनमा होमिएका बैंक संस्थापक सञ्चालक तथा अन्य सञ्चालकलाई स्वार्थ बाझिने काम गरेकोमा कारवाही गर्ने बताएको हो ।राष्ट्र बैंकले ती सञ्चालकलाई स्पष्टिकरण सोध्नेछ भने ठूला ऋणीको फाइल खोली यस सम्बन्धा अध्ययन तथा अनुसन्धान गरी स्वार्थ बाझिएको वा नबाझिएको विषयमा छानबिन गर्नेछ ।
डा.युवराज खतिवडा अर्थमन्त्री भएको बेला उद्यमी व्यवसायी र बैकर्स छ्ट्याउने विषयले अर्थ समितिमा ठूलै चचौ पायो । पूर्व अर्थमन्त्रीको यो विषयलाई बैंक तथा वित्तीयको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले पनि यसमा साथ दिएको थियो । बैकर र उद्यमी छुट्याउनुे तर, डा. खतिवडाले ल्याएको त्यो प्रस्ताव संसदमा टेबुल हुन तथा परै जाओस मन्त्रीपरिषद्ले समेत निर्णय गर्न सकेन । पहिला जस्तो थियो त्यस्तै अवस्था रह्यो र अहिले पनि बैंक सञ्चादकमा बैंकर उद्यमी दुबै छन् ।
बैकर र उद्यमी एउटै व्यक्ति हुँदा देशको अर्थतन्त्र असर पर्ने दिन आँकलन गरि डा. खतिवडाले सो व्यवस्था गर्न लागेका थिए । तर, उनको अवधारणाले कानुनी मान्यता पाउन सकेन ।
बैंकको चर्को ब्याजदरको विषयलाई लिएर उद्यमी व्यवसायीहरू सडकमा उत्रिएको थिए । सो आन्दोलनमा उद्यमीमात्रै नभइ स्वयम बैंक सस्थापक सञ्चालक र सञ्चालक समेत रहेको पाइन्छ । सडकमा देखिएको यो आन्दोदनलाई हेर्दा ‘आफै बोक्सी आफै झाक्री’ जस्तो देखिएको छ । किनकी बैंक सञ्चालक अर्थात चर्को ब्याज लिने सञ्चालक नै यसको विरोधमा उत्रिए ।
बैंक सञ्चालकहरू आफ्नो मर्यादा कायम राख्नकै लागि भएपनि सडक आन्दोलनमा होमिनु हुँदैन थियो । उनीहरू यसरी होमिदा आन्दोदन नै अस्वभनीय देखियो । यस विषयमा राष्ट्र बैंकको ध्यान अवश्य नै गएको होला र अबका दिनमा बैंकर र सञ्चालनक छुट्याउनु पर्ने फिल पनि राष्ट्र बैंकले गरेकै छ । आफै चर्को ब्याज र अनेकौं सेवा शुल्क लिने अनि यसकै विरुद्धमा आन्दोलनमा सहभागि भएर समर्थन जनाउने यो काहिँ नभएको अभ्यास भएको राष्ट्र बैंक उच्च स्रोतले बताएको छ ।
आन्दोलनमा सहभागि बैंकर र व्यवसायीहरूले निजी स्वार्थपूर्तिका लागि समग्र अर्थतन्त्र नै प्रभावित बनाउने काम गरेको हुँदा स्वार्थ बाझिँने क्रियाकलाप नगर्न बैंकका संचालकहरुलाई निर्देशन दिइने ती अधिकारीले बताए ।
अहिले बैंक विरुद्धको आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू र विभिन्न जिल्लाका उद्योग वाणिज्य संघ संगठनहरू लगायत अन्य व्यवसायीहरूको संघ संगठन सहभागी थिए ।
को को थिए आन्दोलनमा ?
उद्यमीको आन्दोलनमा एफनसीसीआएका उपाध्यक्ष तथा एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघाई, महासंघका कार्यकारिणी सदस्य समेत रहेका सिटिजन्स बैंकका संचालक प्रवलजंग पाण्डे, महासंघका उपाध्यक्ष रहेका माछापुच्छ्रे बैंकका संस्थापक लगानीकर्ता अन्जन श्रेष्ठ, महालक्ष्मी विकास बैंकका संस्थापक लगानीकर्ता अरुण सुमार्गी, महासंघका कार्यकारिणी सदस्य समेत रहेका एक्सल डेभलपमेन्ट बैंकका पुर्व संचालक हेमराज ढकाल लगायत अधिकांश बैंक तथा वित्तीय संस्थाका पूर्व संचालक र संस्थागत लगानीकर्ताहरू रहेका छन् ।