महालक्ष्मी विकास बैंकको सेवा दुई दिन अवरुद्व हुने, कारण यस्तो

काठमाडौं । महालक्ष्मी विकास बैंकको सेवा दुई दिन अवरुद्व हुने भएको छ । बैंकको सेवा कार्तिक २५ गते शुक्रबार साँझ ६ बजेदेखि कार्तिक २६ गते शनिबार राति १२ बजेसम्म अवरुद्व हुने बैंकले जनाएको हो ।

बैंकको Data Center Colocation & Migration कार्य हुने भएकोले सो समय अवधिमा यस संस्थाका सम्पूर्ण सेवाहरु (Mobile Banking, ATM, ConnectIPS, RTGS and Holiday Counter)पूर्ण रुपले बन्द रहने छ।

यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ ।

साथै थप जानकारीको लागि फोन नम्बर ०१-५३६८७१९ तथा मोबाइल नं ९८४७३८७५२४ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स