काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।
यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८ करोड ६४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ११ करोड १ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
कम्पनीको रिजर्भ ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ ४१ करोड ७२ लाख रुपैयाँले ऋणात्मक थियो।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ६.१९ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको ईपीएस, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३.४२ रुपैयाँ धनात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ७५.१४ रुपैयाँ रहेको छ।