रोक्का रहेका कम्पनीको सेयर कारोबार फुक्का हुँदा बजारमा यस्तो पर्छ प्रभाव, लगानीकर्ता एसपी चौलागाईँको विश्लेषण

नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर रोक्का हुने व्यवस्था खारेज गरी नयाँ निर्देशिका ल्याएको छ । । बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरूको सेयर कारोबार नरोक्ने व्यवस्था गरेको हो ।

बोर्डले जारी गरेको यो व्यवस्थासँगै मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका करिब तीन दर्जन कम्पनीको सेयर कारोबार आइतबारदेखि खुल्नेछ । यसरी सेयर कारोबार रोक्का रहेका कम्पनीले कारोबार फुक्का गरिदिनका लागि नेपाल धितोपत्र बोर्ड नेप्सेमा आवेदन दिनुपर्नेछ । लामो सयमदेखि मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका ती कम्पनी कारोबारमा आउँदा घट्दो बजारमा कस्तो असर पर्छ यस सम्बन्धमा सेयर लगानीकर्ता एसपी चौलागाईँसँग हाम्रोअर्थले गरेको कुराकानीको सारः

करिब २ अडाई वर्षदेखि लामो समयसम्म मर्जरको वाहनामा रोकिएका कम्पनी गर्दा लगानीकर्ताको सम्पत्ति बन्दक भएर लगानीकर्ता साह्रै नै पीडित थिए । आज सार्वजनिक गरिएको निर्देशिकाले केहि राहतको महसुस गरेता पनि बेरिस (११ सय अंक) मै मर्जर तथा प्राप्तिमा रोक्का भएका केहि कम्पनीहरू पुनः बेयरिस ट्रेन्डमै कारोबार खुला हुने भएको छ । जसले ती कम्पनीका लगानीकर्तालाई कारोबार खुलेता पनि ‘कागलाई बेल पाक्यो, हर्ष त विस्माद’ झै भएको छ ।

यति लामो समय ती कम्पनीहरूले बुल चरणको अनुभव समेत गर्न पाएनन् । जसले गर्दा लगानीकर्ता ती कम्पनीहरू पीडित भए भने नियामक निकायको खुलेरै पर्दा फास भयो । हाल धेरै कम्पनीहरू बुल चरणमै प्राप्ति थता मर्जरमै रोक्का भएकोले नेप्स परिसूचक घटेर तल आईपुग्दा ती कम्पनीमध्ये कति कम्पनीको माथिनै मूल्य माथिनै भएर मर्जरमा जाने सहभति गरेकाले मूल्य महँगो देखिन्छ भने कति कम्पनीहरू व्यवसाय प्रगति राम्रो गर्नाले उसको वित्तीय विवरण अनुसार सस्तो पनि देखिन्छन् ।

पछिल्लो चरणमा विशेष गरी जीवन र निर्जीवन बीमा कम्पनीहरू मर्जरमा जाने सम्झौताको हल्ला बजारमा फैलिएर अबमा मर्जरमा गयो भनि वर्षौ कारोबार रोक्का हुन्छ भनि लगानीकर्ताले आत्तिएर बेच्नाले १÷२ सातामै कम्पनीको मूल्यहरू नकारात्मक सर्किट लागेर ४०–५० प्रतिशतसम्म घट्न पुगे । जसले गर्दा समग्र नेप्से परिसूचकलाई नै असर गर्यो र मार्केट बेयरिस चरणमा प्रवेश गर्ने वातावरण बन्यो ।

६/८ महिनाको यति लामो समय कारोबार रोक्का भएर पनि कम्पनीको एकीकृत कारोबार नभइकन पुनः कम्पनी यथास्थितिमा खुल्नुले लगानीकर्ताहरू धेरै मर्का परेको छ । स्वाप रेसियो तोकिएअनुसार कम्पनीका सेयर मूल्यहरू प्रभावित हुने छन् । जसले गर्दा पुनः एक पटक पीडित तथा प्रताडित हुन पुग्नेछन् भने कम्पनी र नियामक निकायको निकम्बापनको भागिदार सिधासाधा लगानीकर्ताले भोग्नु परेको छ, नियामक निकाय र कम्पनीको निकम्बापनको पुनः पर्दाफास भएको छ ।

अब यस घटाइ नै नेप्सका लागि तल्लो बिन्दु सावित हुनेछ, जसले गर्दा कारोबार रकममा पनि केहि मात्रामा कारोबार रकम बढ्ने छ । करिब तीनदर्जन जति कम्पनीहरूको कारोबार खुल्दा लगानीकर्तालाई केहि राहत महसुस हुनेछ भने नियामक र ब्रोकरहरू अझै धेरै कमिशन असुल्न पाउने छन् ।

यो अवस्थामा पीडित हुने लगानीकर्तामात्रै हुन् । नियामक निकाय र कम्पनीको निर्हेपनले गर्दा महिनौ, वर्षौ कारोबार रोक्का रहेर पनि कम्पनीको संयुक्त कारोबार पछिको सेयर बजारको कारोबार नखुल्दा लागनीकर्तालाई अझैपनि पीडाका सयय अझै बाँकी नै रहेका छन् ।

१५ दिन कारोबार रोकेर खुल्ने नियमावली स्वागतयोग्य भएपनि वितगको कारोबारलाई नियाल्दा लगानीकर्ता धेरै पीडित भएका छन् । बियरिस ट्रेनको न्यूनतम बिन्दुमा आएर कम्पनीको कारोबार खुला गराउनु भनेको मर्जरमा रहेका कम्पनीको सेयर धितोकर्जा राख्ने लगानीकर्ताको लागि यो समयमा सेयर फुक्का गरेर कारोबार गराउनु ‘छाला चिरेर नुनचुक’ लगाउनु बराबर हो ।

१५ दिन कारोबार रोकेर खुल्ने नियमावली स्वागतयोग्य भएपनि वितगको कारोबारलाई नियाल्दा लगानीकर्ता धेरै पीडित भएका छन् । बियरिस ट्रेन्डको न्यूनतम बिन्दुमा आएर कम्पनीको कारोबार खुला गराउनु भनेको मर्जरमा रहेका कम्पनीको सेयर धितोकर्जा राख्ने लगानीकर्ताको लागि यो समयमा सेयर फुक्का गरेर कारोबार गराउनु ‘छाला चिरेर नुनचुक’ लगाउनु बराबर हो । किनभने कारोबार रोक्का हुँदा खेरि कुनै कम्पनी हजार रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ भने एकीकृत कारोबार नभइ यति लामो समयपछि कारोबार खुलाउन प्रतिसेयर ५ सय रुपैयाँमा पनि नबिक्ने परिस्थिति सिर्जना भएको छ ।

जसले गर्दा समग्र पुँजीकरणमा क्षयीकरण आउने छ भने सेयर धितोकर्जाको भ्यालू घटी पुनः लगानीकर्ताले मार्जिन थप्नु पर्ने पीडादायि परिस्थिति सिर्जना भएको छ । जुन उक्त ती वर्गका लगानीकर्ताको लागि भने पीडादायि परिस्थिति हो भने सेयर बजार तरल सम्पत्ति हुनाले सेयर कारोबार गरेर आफ्नो गर्जो टार्न नपाएका लगानीकर्ताका लागि भने खुशीको विषय भएको छ ।

अब लागनीकर्ता लामो समय सेयर बन्दक बनाएर बस्नुपर्ने पीडाबाट मुक्त भएका छन् भने विगत माघ फागुनमा बीमा कम्पनीका लगानीकर्ताले आत्तिएर कौडीको भाउमा बसौं बन्धक हुन्छ भनेर सेयर आत्तिएर बेचेका थिए । अब त्यो परिस्थितिबाट लागनीकर्ताले केहि हदसम्म भएपनि मुक्ति पाउने छन् भने छोटो १५ दिनको सेयर कारोबार रोक्काले त्यति साह्रो असर नपर्ने पनि आकलन गर्न सकिन्छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स