नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं. ५ मा घरदैलो भेटघाट कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं. ५ मा निर्वाचन प्रचार प्रसार कार्यक्रम अन्तर्गत उम्मेद्वार घरदैलो भेटघाट कार्यक्रम विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म भएको छ । घरदैलो कार्यक्रम अन्तर्गत आज विहान का.म.पा. वडा नं. २ को ने.का. सम्पर्क कार्यालयबाट सुरु भई सरकारी धारा हुँदै ॐ शान्ति भवन, कलाकार हरिहर शर्माको घर पुःन नील सरस्वतीसम्म आएर स्थगीत भएको थियो । उक्त घरदैलो कार्यक्रमको संयोजन ने.का. वडा नं. २ का सभापती उत्तम भण्डारीले गरेका थिए ।

संघीय उम्मेद्वार प्रदिप पौडेललाई खादा माला लगाउँदै मतदातले घर घरमा स्वागत गरेका थिए । विजयको लागि उम्मेद्वारलाई शुभकामना दिदैं ‘तपाईं राम्रो मान्छे आउनु भएको छ । राम्रोसँग काम गर्नुहोला तपाईंको विजय सुनिश्चित छ’ भने । यसै गरी प्रदेश (क) का उम्मेद्वार भैरव सापकोटालाई ‘तपाई जस्तो यूवा आउनु भएको छ । तपाईलाई पनि विजयको अग्रीम शुभकामना दिन्छु ।’

का.म.पा. वडा नं. ४ अन्तर्गत ने.का. वडा नं. ४ का सभापती रामप्रसाद न्यौपानेको संयोजनमा का.म.पा. वडा नं. ४ घरदैलो कार्यक्रम सम्पन्न भएको थियो । धुम्रबराही मन्दिरबाट सुरु भई धुमबाराही हाईट, रा.प्र.पा. नेपालको केन्द्रीय कार्यालय हुँदै वरिष्ठ साहित्यकार वैरागी काईलाको घर, साहित्यकार सन्ध्या पहाडीको घर हुँदै धुम्रबराही मन्दिर, दुर्गा भवानी क्याट्रिङको पश्चिमबाट युनिभर्सल कलेज अगाडी पुगेर संघीय उम्मेद्वार प्रदिप पौडेलले सबैलाई धन्यवाद दिएर र कार्यक्रम स्थगित गरेका थिए।

उक्त कार्यक्रममा टोलवासी लगायत वरिष्ठ सहित्यकार वैरागी काईलाले शुभकामना दिदैं ‘प्रदिप तिमीले लोकतन्त्र, साहित्य, संस्कृतीको उत्थानमा निरन्तर लाग्नु पर्छ । २०६४ को संविधानसभाको चुनावमा मैले नरहरि आचार्यलाई सहित्यकारहरुको संयोजन गरेर सहयोग गरेको थिए । अहिले मेरो शारिरीक कमजोरीले त्यती सकृय हुन सकेको छैन । तर पनि झापाबाट विश्वप्रकाश शर्माले जित्नु पर्छ भनेर म लागेको छु । तिमीले यहाँबाट जित्नु पर्छ जित्छौ’ भनेर आशिर्वाद दिए ।

संघीय उम्मेद्वार प्रदिप पौडेलका साथै रहेका प्रदेश (क) का उम्मेद्वार भैरव सापकोटालाई ‘तपाईंको उम्मेद्वारी उपयुक्त छ । तपाईं विजयी हुनुहुन्छ’ भनेर आर्शिवचन दिएका थिए ।
यसैगरी बू.न.पा. वडा नं. ७ का सभापती महेश्वर के.सी. को संयोजनमा घरदैलो कार्यक्रम भयो । उक्त कार्यक्रममा प्रदेश (ख) का उम्मेद्वार तथा काठमाडौं क्षेत्र नं. ५ सभापती श्याम बहादुर खड्का बू.न.पा. वडा नं. ७ को सम्पर्क कार्यालयमा उपस्थित भई घरदैलो कार्यक्रम प्रारम्भ भएको थियो । जिसमवरी हाईट, भद्रकाली वस्ती, इन्डीगो हाउजिङ, सिवी कोलोनी, हेपाली हाईट हुँदैं गोल्फुटार दुरसंचार कार्यालयमा पुगेर घरदैलो कार्यक्रमलाई स्थगन गरिएको थियो ।

सो अवसरमा मतदाताले ‘अघिल्लोले चित्त बुझ्दो काम गर्न सकेनन् त्यसैले नयाँलाई अवसर दिनुपर्छ । युवाको जोश जाँगरलाई अवसर दिनु पर्छ । हाम्रो समस्या तपाईंले बुझ्नु भएको छ । हामी मत दिन्छौं विजयी भएपछि हाम्रो समस्याको समाधान हुनुपर्छ ।’ मतदाताको प्रश्नको उत्तर दिदै उम्मेद्वारहरुले भने ‘यस क्षेत्रको विकास निर्माणको काम तपाईंहरु सँगै बसेर तपाईहरुकै सरसल्लाहमा गर्नेछौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स