नेप्सेमा गिरावट आउने क्रम जारी, १ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख १४ हजारको कित्ता सेयर १ अर्ब ११ करोडमा ९४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज १३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७१ वटा कम्पनीको घटेको छ १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

आज शिवम् सिमेन्टस्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड २२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नेपाल रि इन्स्योरेन्सको ३ करोड ५८ लाख, युनाइटेड मोदि हाइड्रोपावर ३ करोड ३४ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ३३ लाख र रिडी पावरको ३ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स