फिफा विश्वकपका लागि फ्रान्सको टिम घोषणा

काठमाडौं । कतारमा हुन गइरहेको फिफा विश्वकपका लागि साविक विजेता फ्रान्सले आफ्नो टिम घोषणा गरेको छ ।

फ्रान्सले बुधबार विश्वकपका लागि २५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

फ्रान्सले घोषणा गरेको टोलीमा डिफेन्डर राफायल भरान अटाएका छन् ।

गोलकिपर ह्युगो लोरिस चौथो पटक विश्वकपको टोलीमा समावेश छन् ।

भेट्रान फरवार्डद्वय करिम बेन्जेमा र ओलिभर जिरुड पनि टिममा छन् ।

चोटका कारण पउल पोग्बा र एनगोलो कान्टे यसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् ।

समूह ‘बी’ मा रहेको फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियासँग पहिलो खेल खेल्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स