अब कम्पनी मर्जरमा जाँदा सेयर रोक्का नहुने, सेबोनले गर्यो नयाँ व्यवस्था

सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सकिसक्नुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर रोक्का हुने व्यवस्था खारेज गरेको छ । बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो ।

जारी निर्देशिका अनुसार अब देखि मर्जर तथा प्राप्तीमा सहभागि हुने कम्पनीहरूको आधारभूत सेयर बाहेक अन्य सेयर कारोबार एकीकृत कारोबार हुने समयमा मात्रै रोक्का हुने निर्देशिकामा उल्लेख गरिएको छ । बोर्डले आधारभूत सेयरधनी बाहेक सेयर एकीकृत कारोबार हुँदा अधिकतम १५ दिनमात्रै रोक्का हुने भएको हो ।

‘आधारभूत सेयरधनीको प्रारम्भिक सम्झौता भएदेखि एकीकृत कारोबार हुँदासम्म रोक्का हुन्छ भने, सो बाहेक सेयरधनीको भने हुँदैन ।’ ‘आधारभूत बाहेकका सेयरधनीको एकीकृत कारोबार हुँदा अधिकतम १५ दिन भनेका छौं । त्यो संस्थाले सेयर मिलन प्रकृया जति चाँडो सम्पन्न गर्छ त्यसैमा भरपर्छ ।

एकीकृत व्यवसायिक कारोवार गरेको मितिबाट गाभ्ने/ गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोवार रोक्का राख्न सम्बन्धित संगठित संस्थाले धितोपत्र बजार समक्ष निवेदन दिनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
निवेदन प्राप्त भए पछि धितोपत्र बजारले सम्बन्धित संगठित संस्थाको शेयर कारोवार रोक्का राख्नुपर्नेछ ।

निर्देशिका अनुसार निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोवार रोक्का रहेका संगठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको सेयर कारोवार फुकुवा गर्नुपर्नेछ । आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत सेयरधनीको विवरण सहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ । निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनी बाहेकको सेयर कारोवार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ ।

निर्देशिका अनुसार आधारभूत सेयरधनीको सेयर भने मर्जर सम्झौता गरेको भोलिपल्ट बाट नै रोक्का राख्नु पर्ने छ । त्यस्तै निर्देशिकाले बढीमा ६ महिना भित्रमा मर्जर प्रक्रिया सक्नु पर्ने व्यवस्था गरेको छ ।

बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी गद प्रारम्भिक सम्झौता (एमओयू) गरेको ६ महिना भित्रै मर्जर तथा प्राप्ति सम्पन्न गर्नु पर्ने व्यवस्था गरेको हो ।

‘संगठित संस्थाले गाभ्ने/गाभिने तथा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिना भित्र सम्पन्न गरिसक्नु पर्नेछ । सो समयावधि भित्र गाभ्ने/गाभिने तथा प्राप्ति कार्यसम्पन्न नभएमा सम्बन्धित संगठित संस्थाको संचालक समिति जवाफदेही हुने निर्देशिकामा उल्लेख गरिएको छ ।’

‘अब एमओयू गरेको ६ महिनाभित्रै मर्जर सम्पन्न गर्नुपर्छ, नगरेमा संचालक समितिलाई जवाफदेही बन्ने छन् । ‘आवश्यक काम समयमै गर्ने हो भने जुनसुकै क्षेत्रका संस्थाले मर्जर प्रक्रिया ६ महिना भित्रै सम्पन्न गर्न सक्छन्, संस्था र संचालकहरूको कमजोरीका कारण प्रक्रिया लम्बिनु लगानीकर्ताको दोष हैन, त्यसैले संचालक समितिलाई नै त्यसको जवाफदेहीता बनाएको धितोपत्र बोर्डले जनाएको छ ।

सैद्धान्तिक स्वीकति पाएको ३ महिना भित्रै अन्तिम स्वीकृतिको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अन्तिम स्वीकृतिको लागि आवश्यक प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ । तर, सम्बन्धित संस्थाले सो समयमा आवश्यक प्रक्रिया पूरा गर्न नसकेमा एक पटकको लागि ३ महिना समय थप गर्न पाउने व्यवस्था भएको ६ महिना भित्रै अन्तिम स्वीकृतिको लागि आवश्यक प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ । अन्तिम स्वीकृति पाएको १ महिना भित्र एकिकृत कारोबार सम्पन्न गर्नुपर्ने राष्ट्र बैंकले सो विनियमावलीमा गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/11/nirdeshika.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स