बढ्दो ब्याजदरविरुद्ध भइरहेको आन्दोलन स्थगित गर्न उद्योगी-व्यवसायीहरुलाई महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बढ्दो ब्याजदर र चालु पुँजी कर्जा मार्गदर्शनविरुद्ध उद्योगी–व्यवसायीहरुले गरिरहेको आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुने भएकाले खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको भन्दै हाल संचालित विरोधका कार्यक्रम स्थगित गर्न पनि महासंघले प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको हो ।

त्यसैगरी महासंघले निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र कात्तिकदेखि लागू गरिएको चालु पुँजी कर्जा मार्गदर्शन हाललाई स्थगित गर्न पनि माग गरेको छ।

महासंघले जिल्ला–नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका माग र गरिरहेका प्रदर्शनमा ऐक्यवद्धता पनि जनाएको छ ।

निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व सरकार एवं नेपाल राष्ट्र बैंकसँग संवादमा रहने प्रतिवद्धता महासंघले गरेको छ । तर, निर्वाचन पछि पनि कुनै वास्ता नगरिए महासंघले नै आन्दोलनको नेतृत्व गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स