३९ अंकले घट्यो नेप्से, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३६ लाख ९७ हजारको कित्ता सेयर १ अर्ब ४० करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८१ वटा कम्पनीको घटेको छ ।

आज नेष्डो समृद्विको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ७८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, शिवम् सिमेन्टस्को ६ करोड ८ लाख, हिमालयन डेष्टिलरीको ५ करोड १० लाख, नेपाल रि इन्स्योरेन्सको ५ करोड ७ लाख र रिडी पावरको ४ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स