कोराना बीमाको दायित्व नव्यहोर्ने सरकारको मनसाय, यो गम्भिर विषय हो भनी पन्छिए अर्थमन्त्री

काठमाडौं । सरकारले कोराना बीमाको दायित्व नव्यहोर्ने भएको छ । आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जर्नादन शर्माले सरकारको थाप्लोमा करिब ११ अर्ब रुपैयाँ कारोना बीमाको दायित्व रहेकाले गाह्रो हुने बताए ।

‘कोरोना बीमाको दायित्वको विषयमा छलफल भइरहेको छ,’ शर्माले भने, ‘दायित्व धेरै भएकाले रकम तिर्न सरकारलाई गाह्रो छ ।’

गत आवको अन्त्य अगावै बीमाङ्किय रकम मूल्यांकन गर्ने दायित्व सरकारमा गएपनि अहिलेसम्म कोभिड बीमालेख खरिद गरेका कोभिड संक्रमितले भुक्तानी पाउन सकेका छैनन् ।

पछिल्लो तथ्यांकअनुसार ११ अर्ब कोरोना बीमाको दावी भुक्तानी गर्नपर्ने देखिएको छ,’ उनले भने ‘म यस विषयमा गम्भिर छु, त्यो पैसा ठूलो रकम हो । यस विषयमा के गर्ने वा नगर्नेमा केही निर्णय गर्न सकिएको छैन । भुक्तान गर्ने रकम अझ थपिदो छ ।’

कोरोना बीमा मापदण्ड, २०७७ ले गरेको व्यवस्थाअनुसार बीमक कम्पनी, पुनर्बीमा कम्पनी, कोष तथा बीमा समितिले भुक्तान गर्ने भनेको ३ अर्ब ५० करोड दायित्व भुक्तानी भइसकेको छ । कहिले कोरोना बीमाको भुक्तानी पाइन्छ भनेर कोभिड संक्रमित कहिले बीमा समिति तथा कहिले कम्पनी धाउने गरेका छन् ।

 

विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र कोषबाट निश्चित रकम भुक्तान गर्ने र सो भन्दा माथिको रकम सरकारले व्यहोर्ने गरी कोरोना बीमा गरिएको थियो ।

लघु बीमाअन्तर्गत पुलमार्फत बीमा गरिएकोले सोको दायित्व सबै निर्जीवन बीमा कम्पनीमा वहन गर्नुपर्ने हुन्छ । यदि यस्तो भयो भने १ अर्ब पुँजी भएका कम्पनीहरू टाट पल्टने अवस्थामा पुग्न सक्ने विज्ञहरूको भनाइ छ । सो कारणले पनि विश्वव्यापी रुपमा स्थापित अभ्यास अर्थात कुनै रिर्सच नै नगरी ल्याइएको कोराना बीमालेख अहिले सरकार र बीमा कम्पनीहरूको लागि भारी बनेको छ ।

निर्जीवन बीमा कम्पनी र बीमा समितिको निर्णय अनुसार २०७७ वैशाख ७ गते नेपालमा पहिलो पटक कोरोना बीमालेख जारी भयो । समिति र बीमा कम्पनीले त्यति बेला देखाएको जोखिम वहन गर्ने तत्परतालाई सरकारले पनि बजेटमार्फत सम्बोधन गरेर थप प्रोत्साहन गर्यो ।

त्यसपछि २०७७ जेठ २३ मा समितिले कम्पनीहरूलाई परिपत्र जारी गरी कोरोना बीमा गर्न निर्देशन दियो  । भदौ २८ गते १ दिनका लागि बीमालेख जारी गर्ने प्रक्रियालाई रोकेर बीमा समितिले भदौ २९ गतेदेखि २०७८ असारमसान्तसम्म कोभिड बीमालेख जारी गर्ने सम्बन्धमा ‘कोरोना बीमा मापदण्ड, २०७७ ल्यायो ।

त्यसपछि निरन्तर बीमालेख जारी गर्दा १५ लाख ५ हजारले ५० प्रतिशत अनुदानमा आम नागरिकले कोरोना बीमा गराए भने ९ लाख ५८ हजारको सरकारले शतप्रतिशत अनुदानमा कोरोना बीमा गरायो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स