नेप्सेमा सामान्य गिरावट आउँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार, नेप्से परिसूचक २.५७ अंकले घटेर १९५६.३६ अंक विन्दुमा आइपुगेको छ ।

आज २७ लाख ७३ हजारको कित्ता सेयर १ अर्ब ५ करोड ३१लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ फाइनान्स, नन् लाइफ इप्स्योरेन्स, अन्य र लाइफ इप्स्योरेन्स बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११४ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज शिवम् सिमेन्टस्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, सिटिजन बैंकको ६ करोड ९८ लाख, जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ३९ लाख, रिडी पावरको ४ करोड ३७ लाख र नेपाल रि इन्स्योरेन्सको ३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स