‘नुन बिक्री वितरणमा निजी क्षेत्रको संलग्नता हुनु आवश्यक छैन’

काठमाडौं । ‘आयोडिनयुक्त नुन बिक्री वितरणमा निजी क्षेत्रको संलग्नता गराउन आवश्यक छैन’ भन्ने बुँदालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाउने भएको छ ।

अघिल्लो सरकारले नीति तथा कार्यक्रम मार्फत नुनको बिक्री वितरणमा निजी क्षेत्रलाई संलग्न गराउने बुँदा सार्वजनिक गरेको थियो । मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले भने, “मन्त्रालयले नुन बिक्री वितरणका क्षेत्रमा निजी क्षेत्रको संलग्नता हुन आवश्यक छैन भन्ने कुरालाई अगाडि बढाएको छ, नुन बिक्री वितरणमा साल्टटे्र्डिङ कर्पोरेशन लिमिटेडको भूमिका एवं काम नै सर्वोत्कृष्ट छ ।”

कर्पोरेशनको ५९औं वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै सञ्चालक समितिका सदस्य समेत रहेका श्रेष्ठले आयोडिनयुक्त नुनलाई सबै ग्रामीण जनताको पहुँचमा पु¥याउन तथा कोभिड–१९का महामारीमा पनि दैनिक उपभोग्य वस्तुलाई सर्वसुलभ रुपमा घरघरमा पु¥याउन कर्पोरेशनको भूमिका सह्ररानीय रहेको बताए।

नेपालमा पहिलो पटक सार्वजानिक निजी साझेदारीमा विसं २०२० भदौ २७ मा स्थापित कर्पोरेशनले दैनिक उपभोग्य वस्तु दाल, चाम, नुन, मैदा पिठो, चिनी, मसला, खाने तेललगायत ग्याँस, रासायनिक मल तथा गहुँको बीउ बिक्रीवितरण गर्दै आएको छ ।

सरकारले अहिलेसम्म नूनको बिक्रीवितरणको जिम्मा कर्पोरेशनलाई मात्र दिएको छ । त्रीयान्नब्बे साल्ट कार्यालय र छ हजार डिलर मार्फत कर्पोरेशनले आयो, शक्ति, तेज र भानु चार प्रकारका नुनको पहुँच सबै जनताको भान्सासम्म पु¥याएको छ । कर्पोरेशका अनुसार १० महिनालाई पुग्ने नुन मौज्दात छ ।

स्वास्थ्य मन्त्रालयको सर्वेक्षणअनुसार अहिले आयोडिनयुक्त नुनको पहुँच ९८ प्रतिशत जनतामा पुगेको छ । आयोडिनको कमीले हुने समस्या लगभग सम्बोधन समेत भएको छ । कार्यक्रममा कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले गुणस्तरीय दैनिक उपभोग्य बस्तुलाई सहज, सरल रुपमा कर्पोरेशनले जनता समक्ष पु¥याइराखेको जनाउँदै महामारीका समयमा ‘जहाँ अप्ठ्यारो त्यहाँ साल्टटे्र्डिङ कर्पोरेशन ’भन्ने नारालाई प्रमाणित गरेको बताए।

कर्पोरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन कर्पोरेशन चनाखो रहेको जनाउँदै महामारीका समयमा उपभोक्ताका घरघरमा मागअनुसार अत्यावश्यक बस्तु सुलभ रुपमा प्रदान गरिएको बताईन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स