नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली (सूची सहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ।

नेप्सेले मार्जिक कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गर्दैै हाल सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा मात्रै योग्य रहेको जनाएको हो । नेप्सेका अनुसार १७ वटा वाणिज्य बैंक, आठवटा विकास बैंक, चारवटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, चारवटा जीवन बीमा कम्पनी, पाँचवटा निर्जीवन बीमा कम्पनी र ३० वटा लघुवित्त कम्पनी मार्जिक कारोबारका लागि योग्य देखिएका छन् । त्यस्तै तारागाउँ होटल रिजेन्सी, नेपाल पुनबीमा कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूचीमा रहेका छन् ।

मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा नबिल बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक,नेपाल बैंक, प्राइम बैंक, प्रभु बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सनराइज बैंक छन्।

त्यस्तै राष्ट्रियस्तरका विकास बैंकहरु गरिमा, ज्योति, कामना सेवा, महालक्ष्मी, लुम्बिनी, मुक्तिनाथ, सांग्रिला र शाइन रेसुंगा रहेका छन् ।

पाँचवटा फाइनान्स सेन्ट्रल, मञ्जुश्री, पोखरा, आईसीएफसी र रिलायन्स पनि यो सूचीमा रहेका छन्।

मार्जिन कारोबारलाई व्यवस्थित गर्नका लागि नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४’ जारी गरेको छ ।

सोही निर्देशनानुसार मार्जिन कारोबारका लागि तोकिएका योग्य कम्पनीहरूको सेयर कारोबार गर्ने लगानीकर्ताहरूले मात्रै यस्तो सुविधा पाउँछन् । पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको कम्पनीहरूमा मात्रै मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सकिनेलगायतका व्यवस्था निर्देशनले तोकेको छ ।

के हो मार्जिन कारोबार ?
सेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा सेयर खरिद गर्न पाउने सुविधालाई मार्जिन कारोबार भनिन्छ । आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधानै मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार हो । यस्तो ऋण सेयर ब्रोकरहरूले उपलब्ध गराउँछन् । यसरी, ऋण दिलाएवापत सेयर ब्रोकरहरूले ब्याज अथवा अन्य शूल्कहरू लिन्छन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/11/stock-namelist.pdf” cache=”off”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स