५७.३ मेगावाट को म्याग्दी खोला जलविद्युत आयोजनामा ५ बैंकले करिब ८ अर्ब लगानी गर्ने

काठमाडौं । हाइड्रो भिलेज प्रा. लि. ले गण्डकी प्रदेशको म्याग्दी जिल्लामा निर्माण आरम्भ गरेको ५७.३ मेगावाटको जलविद्युत आयोजनामा ५ बैंकले करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनी र बैंकहरूबीच २०७९ कार्तिक २१ गते सोमबारका दिन लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घन मि. प्रति सेकेण्ड बहाव प्रयोग गरि ५७.३ मे.वा. क्षमता विद्युत उत्पादन गर्ने छ । कूल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाईमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्नेछन् ।

सम्झौतामा कम्पनीका तर्फबाट रामेश्वर थापा, नेपाल बैँकका तर्फबाट लक्ष्मण पौडेल, मेगा बैंकका तर्फबाट रामकाजी थापा, कृषि विकास बैंकका तर्फबाट सुदिप कुमार दाहाल, कर्मचारी सञ्चय कोषका तर्फबाट ठाकुर जंग थापा र नेपाल एसबिआई बैंकका तर्फबाट मनोज कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (८ अर्ब ५ करोड ७० लाख रुपैंया) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ६८ करोड ६० रुपैंया) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ । यसैगरी, प्रत्यक्ष वैदेशिक लगानीको रूपमा मलेसीयन कम्पनी AQUA VENTURE को तथा स्वदेशी लगानीको रुपमा हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एण्ड डेभेलपमेन्ट कम्पनी लि. र उर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेल समेतको स्वपुँजी लगानी हुने कम्पनीले जनाएको छ ।

ऋण सम्झौताका अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको अग्रता र अन्य चार बैंकको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापुर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको बताए । देशको आर्थिक सम्वृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि अपार सम्भावना बोकेको जलविद्युत क्षेत्रमा यस कंसोर्टियमले म्याग्दी खोला जलविद्युत आयोजनासँग आवद्ध हुन पाउँदा गर्व महसुस भएको बताए ।

उर्जा डेभलपर्स प्रा.लिका अध्यक्ष विजय बहादुर राजभण्डारीले उर्जाले रणनीतिक साझेदारीमा विश्वास गर्ने र हाइड्रो भिलेजसंगको आवद्धता यहि प्रतिवद्धताको अर्को चरण भएको बताए । उर्जा डेभलपर्सले न्युनतम समय एवं प्रतिस्पर्धि मुल्यमा उच्च गुणस्तिरय कार्यहरु गरी आयोजना सम्पन्न गरिसकिएको स्मरण गर्दै आन्तिरक तथा क्षेत्रिय बजार अध्ययन गरि अगामि दिनमा विभिन्न मोडलका जलाशय र अर्धजलाशययुक्त आयोजना निर्माण गरिने बताए ।

नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष अनिल कुमार उपाध्यायले विगत केही समयदेखि विश्वव्यापी रुपमै सिर्जना भएको तरलता अभाव तथा आर्थिक मन्दीका बाबजुद यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै प्रवद्र्धक कम्पनीको प्रतिबद्धताको प्रशंसा गरे । साथै, उनले हाइड्रो भिलेजका सम्पूर्ण टिमलाई आयोजना निर्माण समयमै सम्पन्न गर्न शुभकामना व्यक्त गरे ।

आयोजनाबाट स्थानीय निकायहरु संगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका निर्देशक सुशिल पोखरेलले बताए । उनले निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न गर्ने जानकारी दिए ।

कम्पनीका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रबद्र्धकहरु सक्षम एवं अनुभव प्राप्त संस्था तथा व्यक्तिहरु भएको हुदाँ आयोजना समयमै निर्माण सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए । नविकरणीय उर्जाको दिगो विकासमा आफू प्रतिबद्ध रहेको हुदाँ आयोजनामा क्रृण लगानी गर्ने बैंकहरु तथा लगानीकर्ताहरुलाई धन्यवाद दिदैं उनले आयोजनाको निर्माण निर्धारित समयभित्रै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आयोजना सम्पन्न भएपछि सुख्यायाममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र बर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरि वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । उत्पादित विद्युत आयोजनाको विद्युतगृह देखि करीब १७ किलोमिटर दूरीमा रहेको विद्युत प्राधिकरणको म्याग्दी जिल्लामै निर्माणाधिन १३२÷३३ के.भी. डाँडाखेत सबस्टेस्नमा जोडिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स