देशभर कोरोना संक्रमितको संख्या हजार भन्दा कम, आज कति पुग्यो ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितको संख्या ९११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ११ हजार १८ वटा स्वाब नमुनाको परीक्षण गर्दा ९११ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर हाल कोरोना सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स