पूँजीबजारका नौ संघसंगठनले दिए कडा प्रतिवाद गर्ने स्वार्थी समूह लक्षित चेतावनी

काठमाडौं । पूँजीबजारका नौ संघसंगठनले कडा प्रतिवाद गर्ने स्वार्थी समूह लक्षित चेतावनी दिएका छन् । लगानीकर्ता संघसंगठनले आज एक पे्रस विज्ञप्ती जारी गर्दे सर्वाच्चमा परेको रिट विरुद्व लक्षित गर्दे चेतावनी दिएका हुन् ।

नेपालको पूँजी बजारमा लगानीकर्ताका विभिन्न संघ संस्थाले लामो समयदेखि विभिन्न चरणमा बजार सुधारको माग राख्दै २०७५ सालमा भएको आमरण अनसनको उपलब्धिका रुपमा सहमति भएको ५८ बुँदै बजार सुधारको कार्ययोजना र २०७९ असार १० गते धितोपत्र बोर्डसँग भएको १९ बुँदे तिलक कोइरालाको आमरण अनसनको उपलब्धिको रुपमा सहमति भएको उक्त बुँदाहरु हालसम्म पनि पूर्ण रुपमा कार्यन्यन भइनसकेकोले मागका बजार सुधारका नितिगत कार्यहरु कार्यन्वयन चरणकै अवस्थामा भइरहेको बेलामा केहि स्वार्थी समूहको व्यक्तिगत फाइदाको लागि सरकारको निति तथा कार्यक्रममै समेटिएको विषय वस्तु विभिन्न बहानाबाजी गरि कार्यमा अवरुद्व बनाउनको लागि केहि समूह सक्रिय रहेको हुनाले ५४ लाख लगानीकर्ताको मागमा अवरुद्व नहोस् यदि भई हालेमा संयुक्त रुपमा प्रतिरोधमा उत्रने पूँजी बजार सम्बध नौ संघ संगठनहरुले सामूहिक प्रेस विज्ञप्ती प्रकाशित गरि कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स