एक्लै सत्तामा पुगेपनि आफ्ना एजेन्डा स्ट्याब्लिस गर्न नसक्ने देखेपछि राजन भट्टराई सघाउने निधो गरेः राधा पोखरेल

काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले राजन भट्टराईलाई सघाउन आफूले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी नदिएको बताएकी छिन् । स्वतन्त्रबाट उम्मेद्वारी दिने करिब पक्का भएपछि उनले राजनीतिमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र दुषित वातावरणलाई आफू एक्लै गएर ‘क्लिन’ गर्न नसक्ने र चाहेको एजेण्डा स्ट्याब्लिस गर्न पनि नसक्ने देखेपछि भट्टराई सघाउने निधो गरेकी हुन् । स्वतन्त्रबाट उठ्दा आफूले चाहेको जस्तो काम गर्न सक्ने अवस्था छैन ।

‘म मतदाताको चाहना अनुरुप उठ्न खोजेको हुँ, यद्यपि यस्तो ठाउँमा एक्लै होमिदा आफू समेत दुषित र दुगन्धित बन्ने देखियो, दल विहिन राजनीति गर्न अहिलेको समय त्यति सहज देखिएन,’ उनले भनिन् ‘राजनजी यसअघि पराजय हुनुभएको कारणले उहाँलाई काम गर्ने अवसर दिन मैले यस्तो निर्णय गरेको हुँ ।’

काठमाडौं क्षेत्र ४ बाट भट्टराईले उम्मेद्वारी दिनु नभएको भए पार्टीले मलाई टिकट पनि दिन्थ्यो र उठथे पनि उनले हाम्रोअर्थसँग भनिन् ‘राजन भट्टराई नउठ्नु भएको भए पार्टीले मेरो पोल्टामा टिकट थम्माइ दिन्थ्यो । पार्टीले युवा पनि खोजेको महिला पनि खोजेको थियो तर, राजनजीलाई काम गर्ने अवसर दिन लागेको हुँ ।’

गगन थापासँग पराजय हुँदा पनि उहाँले मेलम्चीलगायतका परियोजनामा राम्रो काम गर्नु भएको छ । त्यसैले पनि अब ३ कार्यकाल थापालाई चाखिसकेका आमअतदाताले यस पटक भट्टराईलाई विजय गराउने निधो गरेका छन् ।

तपाईले आर्थिक लाभ लिएर उम्मेद्वारी छोड्नु भएको भन्ने बजारमा हल्ला छ नि भन्ने हाम्रोअर्थको प्रश्नमा उनले भनिन् ‘यहि हल्ला चलाइन्छ भनेर मैले नोमिनेशनमा नै आफ्नो नाम नपठाएको हुँ, पहिला पनि यस्तै हल्ला चलाएका थिए । अहिले पनि सोही कार्य दोहोरिएको छ । मैले स्वयम् पार्टी र मैले निर्वाचनमा सघाउने निधो गरेका मेरो पार्टीका आदरणीय उम्मेद्वार राजन भट्टराईलाई समेत भनेको छु, पैसाको आवश्यकता भए निर्धक्कसँग भन्नु होला म सहयोग गर्न तयार छु ।’

सेयर बजार सम्बन्धी प्रश्नमा उनले भनिन् ‘ बैंकले सीडी रेसियो मेन्टेन गर्दै गएका छन् । तरलता सहज बन्दै गएको छ । अघिल्लो चुनावका बेलामा पनि सेयर बजार राम्रो थियो वा यसले राम्रो प्रतिफल दिएको थियो । यो चुनावले पनि अहिलेसम्म वियरिस ट्रेन्डमा रहेको बजारलाई माथि उकास्छ भन्ने मेरो बुझाइ हो ।’

पार्टीको घोषणापत्रमा सेयर बजारका एजेण्डा आएका छन् । यस अघिका चुनावमा सेयर बजार सम्बन्धी कुनै एजेण्डा समेटिदैन थियो । धेरै प्रयास गरेपछि नेताज्यूहरूले पनि सेयर बजारलाई बुझ्नु भएको छ र यसले पनि बजारमा सकारात्मक सन्देश दिएको छ । अब बजार बुलिस ट्रेनमा जान्छ भन्ने मनोबिज्ञान आम लगानीकर्तामा उत्पन्न भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स