समीट लघुवित्तको नाफा घट्यो, ईपीएसमा कस्तो असर पर्ला ?

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५२.८१ प्रतिशत घटेर १ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.११ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.१७ प्रतिशत घटेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १८ प्रतिशत र सञ्चालन मुनाफा ५२.८१ प्रतिशत घटेको छ ।

नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ ८७ पैसा घटेर १५ रुपैयाँ १ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५०.९३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी २५.२९ प्रतिशत बढेको छ भने जगेडा कोष ३.७१ प्रतिशत बढेको छ । लघुवित्तको निक्षेप २३.९ प्रतिशत, सापटी १७.६६ प्रतिशत र कर्जा १९.२० प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स