काठमाडौं । एनएमबि क्यापिटलले २१.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कात्तिक १८ गते, शुक्रबार सम्पन्न कम्पनीको १२ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावहरु पारित गरेको हो ।
कम्पनीको सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई २१.०५२६३ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्न स्वीकृति प्रदान गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २० करोड रुपैयाँको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पनि सभाबाट पारित भएको छ । राईट सेयर जारी गरेपछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।