काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंक लिमिटेडको संस्थापक सेयर सूचीकृत भएको छ ।
आइतबार बैंकको लिलामीमा बिक्री भएको संस्थापक समूह नेप्सेमा सूचीकृत भएको हो।
बैंकको १ लाख ९ हजार ८११ कित्ता प्रोमोटर सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।