नेप्से ४३ अंकले बढ्दा यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख १३ हजारको कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज १८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको घटेको छ ।

आज नेष्डो समृद्वि लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड १४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, एभरेष्ट बैंकको ७ करोड ३ लाख, हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ६० लाख, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६५ लाख र हिमालयन डेष्टिलरीको ४ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स