काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले पुँजीगत खर्च प्रत्येक महिना कम्तिमा १० प्रतिशत हुनु पर्ने बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले सो बताएका हुन् ।
नेपालमा आर्थिक वर्षको अन्त्यतिर मात्र पुँजीगत खर्च बढ्ने गरेको छ । आर्थिक वर्षको सकिँदा लाग्दा पुँजीगत खर्च बढ्दा विकास निर्माण सम्बन्धी आयोजनाहरु प्रभावकारी रुपमा अघि बढ्ने सकेको छैन ।
अर्थमन्त्री शर्माले प्रत्येक महिना १०/१० प्रतिशतका दरले पुँजीगत खर्च गरेपनि सहजै ८० प्रतिशत पुग्ने दावी गरे । खर्च बढाउन विभिन्न संयन्त्र बनाएर काम गर्ने पनि उनले बताए ।
हरेक वर्ष पुँजीगत खर्च हुन नसकेको अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले यस्तो कार्यविधि बनाएर कार्यान्वयन गर्न लागेको हो ।