टेक्निकल जोनमा सेयर बजारले चुम्दा, नेप्सेमा फर्कियो उत्साह

काठमाडौं । लगातार केहि दिनदेखि निरन्तर बढेको सेयर बजारमा आज आइतबार पनि पुनः हरियाली छाइरहेको छ । प्राविधिक रुपमा १६ सयको हल्ला चलाएर १८ सयमा ४ साता एकुमुलेशन गरी सिधासाधा लगानीकर्तालाई छक्काएर सेयर बजारले माथिल्लो यात्रा तय गर्न सुरु गरेको छ । हिजो १६ सय बिन्दुमा नेप्से परिसूचक आउँछ भन्दै टेक्निकल चार्ट हाल्ने टेक्निकल विज्ञहरू आफूले किनिसकेपछि १८०६ बिन्दु नै यस बियरिसको बटम बिन्दु हो भन्दै टेक्निकल चार्ट र अन्तर्वाताहरू दिँदै मिडियामा छाउन थालेका छन् । जसले गर्दा १८/१९ सयमा बेचेर १६ सय कुर्ने लगानीकर्ताहरू अहिले आएर आत्तिएर पुनः खरिद गर्न लागि परेका छन् ।

सेयर बजारको मनोविज्ञान र समग्र वित्तीय परिस्थितिका सकारात्मक न्यूजहरूले लगानीकर्ताहरूलाई उत्साहित बनाइदिएको छ । जसले गर्दा ट्रेडर, इन्भेष्टर र मिट ट्रम लगानीकर्ताहरू एकै पटक सेयर बजारमा खरिदमा जुटेको देखिन्छ । जसले गर्दा टेक्निकल रुपमा जुन बिन्दुसम्म करेक्सन भएर बजार फर्कनु पर्ने हो। ती बिन्दुभन्दा माथि माथिबाटै बजार उकालो यात्रामा लागेको देखिन्छ ।

नजिकिदो चुनाव उद्योगी व्यवसायीको ब्याजदर आतंकको आन्दोलन त्यसको प्रभावले र्बैकर्स एसोसिएनका अध्यक्ष अनिल उपाध्यय आउने महिनादेखि निक्षेपको ब्याजदर घटाउन लागि हामी सर–सल्लाह र सहमति गर्दैछौं भन्ने सार्वजनिक बोल्नु भएको थियो । जसले गर्दा सेयर बजारमा जुन बिन्दुबाट ब्याजदर घट्छ त्यहि बिन्दुबाट बुलको सुरुवात हुन्छ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै सेयर बजारले माथितिरको यात्रा सुरु गरेको छ ।

प्राविधिक रुपमा हरेक इन्डिकेटरहरूले खरिदको लागि सिग्नल दिएकोले लगानीकर्ताहरू हौसिएर लगानी गर्न तत्पर भएको देखिन्छ भने सेयर बजार सेयर खरिद बिक्रीको कारोबार रकम बढ्ने बजार घट्दा कारोबार रकम घट्नेले पनि लगानीकर्ताहरू आत्तिएर घटाएर बेच्न तयार नभएको प्रष्टसाग बुझ्न सकिन्छ । ब्याजदर घट्ने आशमा लगानीकर्ताहरू सकारात्मक मनस्थितिमा पुगेका छन् भने नेप्सेले बटम लगाएपछि खरिद गरौला भनेर कुर्नेहरू पनि यहि बेला सेयर बजारमा क्रमैसँगै सेयर बजारमा इन्ट्री गरेको देखिएको छ ।

विगतका ट्रेनहरूभन्दा यस पटक नेप्सले नयाँ इतिहास रच्दै गरेको देखिन्छ । वितगमा ४०÷४२ महिनाको बुल र ३५÷३६ महिनाको बियरिस चक्र पार गथ्र्यो । तर, हालको बुल र बियरलाई नियाल्ने हो भने १४ महिनाको बुल र १५ महिनाको बियर पार गरी नेप्से नयाँ बुलिस यात्रामा अगाडि बढेको स्पष्ट संकेत आइसकेको छ । जसले गर्दा माथिल्लो लगानीकर्तामा पुनः उत्साह फर्केको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स