परिवारदेखि अर्थतन्त्रसम्म रेमिट्यान्सको भर, दसैं मान्न कोको-कोलाले दिलाएको वैदेशिक रोजगारको खुशी

काठमाडौं । अर्थतन्त्रको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो महत्व र प्रभाव देखिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा रेमिट्यान्सको अनुपात करिब २५ प्रतिशत रहेको छ । रोजगारीको खोजीमा वर्षौपिच्छे लाखौ मान्छे विदेशीरहेका छन् । उनीहरूले विदेशी भूमीमा रगत र पसिनाबाट साटेका पैसाले देशको अर्थतन्त्रमा ठूलो टेवा मिलेको छ ।

कोरोनका कालमा वैदेशिक रोजगारीमा जाने घट्दा यसको असर प्रत्यक्ष रुपमा वैदेशिक सञ्चितिमा परेको थियो । त्यसको असर गत आर्थिक वर्षभरी नै देखियो । जसले गर्दा देशको शोधनान्तर घाटा माात्रै नकारात्मक असर परेन विदेशी मुद्रा सञ्चिति, बैंकिङ तरलता, ब्याजदर परेको चापलगायतले नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको महत्वलाई प्रतिबिम्बित गरेको छ ।

रेमिट्यान्सले आम नागरिकको जीवनस्तरमा सुधारमात्रै ल्याएको छैन विदेशी मुद्रा सञ्चिति गर्न र भुक्तानी सन्तुलन बिग्रन नदिन पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ । बाह्य क्षेत्रमा परेको संकटलाई रेमिट्यान्सले केही टेको दिएको छ । प्राय हरेक वर्ष आयातको तुलनामा निर्यात निकै कम हुँदा विदेशी मुद्रा सञ्चितिमा तीव्र क्षयीकरण आएको थियो । तर, गत आर्थिक वर्षको फागुनयता क्रमिक रूपमा रेमिट्यान्स आप्रवाहमा सुधार आएको छ ।

पर्याप्त रेमिट्यान्स नआउँदा तरलता संकट गहिरिने, ब्याजदर प्रभावित हुने र ब्याजदरका कारण निजी क्षेत्रको लगानीमा संकुचन आउने चक्रिय प्रभावको असरले अन्ततः देशको आर्थिक बृद्धिको लक्ष्यमा प्रभावित पार्छ । हरेकजसो घर जोडिएको वैदेशिक रोजगारी शिथिल हुँदा अर्थतन्त्रमात्र नभइ घर चुलोदेखि राष्ट्रको ढुकुटीमा समेत बहुआयामिक असर परेको प्रत्यक्ष रपमा देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा रेमिट्यान्सको महत्वपूर्ण भूमिका रहेको विभिन्न अध्ययनले देखाएको छ । रेमिट्यान्सको कारण वित्तीय साधन परिचालनको दायरा विस्तार भएको छ ।

बढ्दो व्यापार घाटाका कारण चालु खाता दबाबमा रहेको अवस्थामा बाहृय वित्तको महत्वपूर्ण स्रोत रेमिट्यान्सले शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा पनि टेवा पुर्याइरहेको छ । रेमिट्यान्समा कमी आए शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति समेत प्रभावित हुने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षको दोस्रो महिना साउनमा १९.८ प्रतिशतले रेमिट्यान्स वृद्धि भएर १ खर्ब ८७ अर्ब ४ करोड पुगेको छ । वैधानिक च्यानलबाट श्रमि स्वगत आर्थिक वर्षको सोही अवधिमा ५.८ प्रतिशतले घटेको थियो । यो अवधिमा वैदेशिक रोजगारीमा लागि पुनः श्रम स्वीकृती लिनेको संख्या पनि ७०.६ प्रतिशतले बृद्धि भएर ३९ हजार १८९ पुगेको छ । गत आवमा ३ लाख ५४ हजार ६६० वैधानिक च्यानलमार्फत वैदेशिक रोजगारीमा गएका थिए ।

२०७९ असारमसान्तमा नेपालमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रिएको थियो । नेपालमा भित्र्ने कुन रेमिट्न्यासमध्ये करिब ४० प्रतिशत भने दशैं तथा तिहारमा भित्र्ने गरेको राष्ट्र बैंकको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकाले विशेष गरी दशैं तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गरी आफ्नो घरपरिवारलाई पैसा पठाउँछन् भने विदा मिल्नेहरू आफै घर आएर परिवारसँग दशैं मनाउने गरेको पाइन्छ ।

करिब ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् । ती मध्य एकदमै थोरै मात्र हरेक वर्षको दसैंँमा घर आउन सक्छन् । एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि कोरोना कहरले यस्ता धेरै नेपालीहरु घर फर्कन पाएनन् । नेपालीहरूको महान चाड विजयादशमी तथा दिपावलीको अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको छ ।

सम्बन्धउत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपाली दाजु–भाई, दिदी–बहिनीहरुलाई नेपाल ल्याएको थियो ।
वर्षौँदेखि चाहेर बल्ल–बल्ल पुरा भएको उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरुलाई कैद गरेर कोका–कोलाले एउटा भिडियो पनि बनाएको छ, जसलाई कोका–कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालहरुमा हेर्न सकिन्छ ।

दशै मनाउन घर फकिएका नेपालीको खुशी
यसरी घर फर्कन पाउनेहरु मध्य एक हुन् कान्छी माया तामाङ ‘११ वर्षदेखि म वैदेशिक रोजगारमा छु । हरेक वर्ष विशेष गरी दसैंँ र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साहै्र पीडा हुन्थ्यो । तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दसैंँ–तिहार मनाउन पाएको छु, मेरो खुशीको सीमा नै छैन । ६ वर्ष पछि मलाई घर ल्याइदिएकोमा कोका–कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले भनिन् ।

११ वर्षअघि कुवेत पुगेकी कान्छीमाया तामाङ यस वर्ष दशैं मनाउन घर फर्केकी छिन् । धादिङबाट कुबेतको अस्पतालमा काम गर्न पुगेकी तामाङ विदेशिएपछि नेपाल दोस्रो पटक फर्केकी हुन् । दुई छोराको लालनपालन गर्ने अभिभारा बोकेर विदेशी भुमीलाई कर्मथलो बनाएकी ४३ वर्षीया तामाङलाई दशैं तिहारजस्तो चाडपर्व आउँदा घरको यादले साह्रै सताउथ्यो ।
‘अन्य समयमा काममा व्यस्त भएपनि चाडपर्वमा भने साह्रै दुःख लाग्थ्यो,’ उनले भनिन् ‘परिवारको धेरै याद आउथ्यो ।’ यसपाली दशैमा घर आएकी छु, तिहार मनाएरमात्रै फर्कने हो,’ उनले थपिन् ‘विदेशी भूमीमा आफ्नो देशको जस्तो हुँदैन ।’

कोरोना कहर सुरु हुनुभन्दा अघि कुवेतमा वैदेशिक रोजगारीमा गएकी सबिना राना मगर अहिले दशैं मनाउनको लागि घर आएकी छिन् । कुबेतको रेष्टुराँमा काम गर्ने उनलाई ३ वर्षपछि आफ्नो परिवारसँग सङगै बसेर दशैं मनाउन पाउँदा धेरै खु्शी लागेको छ । घरको आर्थिक अवस्था कमजोर भएको र स्वदेशमा रोजगारी पनि नपाउने काराण् प्लस टू सकेर कुबेत पुगेकी सबिता को खुशीको कुनै सीमा नै छैन ।

२६ वर्षीय सबिता अझै ४/५ वर्ष उतै बसेर काम गर्न चाहन्छिन् । उनले विदेशी भूमीमा गरेको दुःखले उनको परिवारमा खुशी आएको छ । सामाजिक सञ्जालमा आफन्त वा साथीहरूले फोटो थालेपछि आफू पनि नेपालमा भएको भए यसरी रातो टिका, जमरा लगाएर दशैं मनाउन पाइन्थ्यो भनेर निकै खस्लो लाग्थ्यो ।

‘सुरुमा भाषागत समस्या भएका कारण काम गर्ने क्रममा केहि अप्ठ्यारो भएपनि अहिले सहज भएको छ,’ उनले भनिन् ‘अडर लिन, अनलाइनमार्फत आएको अडर पन्च गरेर सामान पठाइदिन सक्ने भएको छु ।’

हुम्ला सिमिकोटबाट कुवेतमा काम गर्न पुगेकी पार्वती भण्डारी पनि १० वर्षपछि घर फर्केकी छिन् । एक दशकपछि दशैं मनाउन पाउँदा उनलाई निकै खुशी लागेको छ । विदेशी भूमीमा बस्दा नेपाल र आफन्तको याद आउने अझ दशैं तिहारजस्तो चाडपर्वमा अझ यादले सताउने उनले बताइन् । ‘परिवारका सबै सदस्यलाई मिस गरेपनि अझ विशेष रुपमा छोरी र आमाको याद बढी आउँछ,’ उनले भनिन् ‘नेपाल आइपुग्दा नै मलाई स्वर्ग नै पुगेको अनुभूति भयो ।’

इलामकी लक्ष्मी प्रधान पनि १३ वर्षपछि दशैं मनाउन यो दशैंमा घर पर्केकी छिन् । ५ वर्षअघि नेपाल आएपनि घरमा जुठो परेका कारणले उनले दशैं मनाउन पाएकी थिइनन् । विदेश गए पछिको पहिलो दशैं भएको बताउँदै दशैंमा घर फर्किन पाएकोमा खुशीको कुनै सीमा नै नभएको उनले बताइन् । परिवारसँग बसेर दशैं मनाउँन पाउँदा विदेशी भूमीमा गरेको दुःख कष्ट सबै बिर्सिएको उनले बताइन् ।

‘यो खुशीलाई म व्यक्त गर्ने मसँग कुनै शब्द नै छैन । म सिंगल मदर हुँ । मेरो छोरो छ । बुबा आमासँग बस्छु । छोरो पढिरहेको छ, म उता काम गरिरहेको छु, घरमा आमाबुबा, भाइबुहारी छन् । ‘यसपाली दिदी भाइको तिहार धूमधामले हुन्छ,’ ‘भाइले पनि म विदेशीय पछि टिका लगाएको छैन, मलाई पर्खेर बसेको छ, यस हिसावले तिहार त अझै रमाइलो हुन्छ ।

रामेछापकी राधा तामाङले पनि ५ वर्षपछि दशैं मनाउ पाएकी छिन् । कुबेतको ब्युटी पार्लरमा काम गर्दै आएकी तामाङलाई कुबेत पुगेर काम गर्दा पनि जीवन त्यहि सहज थिएन । पछि उनले पार्लर चेन्ज गरिन् । त्यसपछि छोरी पढाउन र आफूलाई खान बस्न पुग्ने भएको छ ।

कार्तिक १३ गते कुबेत फर्कने टिकट समेत लिएर नेपाल आएकी राधा विदेशी बस्दा आफ्नो परिवारमात्र नभइ देशकै याद आउने बताउछिन् । यस वर्ष छोरी र आमाबुबासँग दशैं मनाउन पाउँदा धरै खुशी लागेको छ ।

उदयपुरका अर्जुन तामाङ पनि यस वर्ष दशैं मनाउन घर आएका छन् । ४ वर्षपपछि नेपाल आएका उनी कुबेतको बैंकमा क्यासियरमा काम गर्छन । ‘कारोना सुरु हुनुभन्दा अघि घर आएपनि त्यसपछि दशैं मनाउन पाइएको थिएन,’ उनले भने ‘यस वर्ष अवसर जुट्यो र आफन्तसँग बसेर दशैं मज्जा लिइयो, अब तिहारको खुशीयाली पनि परिवारसँगै बसेर साटन पाइने भएको छ ।

वैदेशिक रोजगारमा गएर वर्षोदेखि नेपाल फर्कन नपाएकालाई दशैं मनाउन नेपाल फर्काउने कोकाकोलाले एउटा योजना बनाएको थियो । कोकाकोलाको सोही योजना अनुरुप उनीहरूले आफ्नो घरपरिवारसँग भेट्न र सँगै बसेर दशैं मनाउन पाएका हुन् ।

कोकाकोलाले बनाएको यो योजनाले विदेशी भूमीमा बसेर काम गर्ने दाजुभाइ दिदीबहिनीलाईमात्र नभइ उनीहरूको परिवारमा खुशी छाएको छ । कोकाकोलाले कुबेतमा वैदेशिक रोजगारीमा रहेका र वर्षोदेखि नेपाल नर्फिएका १५ जना लाई कुबेरबाट नेपाल आउने र नेपालबाट कुबेत फर्कने टिकटको व्यवस्थापन गरिदिएको छ भने उनीहरूलाई घरसम्म पुग्ने टिकटको व्यवस्था पनि गरिदिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स