सन्राइज क्यापिटलको १२ औं वार्षिक साधारण सभा सम्पन्न,२५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले कार्तिक १८ गते शुक्रवारका दिन अलफ्ट होटल ठमेल काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको हो ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको छ ।

साथै, आ.व. २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स