भीम रावलले ओलीलाई गरे ५ प्रश्न, अरुलाई पालो दिनु पर्दैन ?

काठमाडौं । चुनावी आमसभामा आफ्नै पार्टीको नेताको आरोप प्रत्यारोप गर्न नेताहरू उत्रिएका छन् । नेकपा एमालेका नेता डा.भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ प्रश्न गरेका छन् । चुनावी सभाका अध्यक्ष ओलीले रावलको आलोचना गरेपछि रावलले जवाफमा पाँचवटा प्रश्न गरेका हुन् ।

कञ्चनपुरमा भएको चुनावी सभामा अध्यक्ष ले ‘भीम रावलको तपाईंलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन, बुढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरूलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, के को खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ’ भन्दै रावलमाथि खनिएका थिए । रावलले ओलीको भाषणले उनीभित्र बलिरहेको क्रोध बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको बताएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स