एप्पलले आइफोन १३ सिरिजका ४ मोडलहरु १४ सेप्टेम्बरमा सार्वजनिक गर्ने

काठमाडौं । अब आइफोन प्रयोगकर्ताले प्रतिक्षा गरि राखेको एप्पलको नयाँ सिरिज अन्तर्गत आइफोन १३ सार्वजनिक हुने मिति तय गरेको छ ।

एप्पलले १४ सेप्टेम्बरमा भर्चुअल इभेन्ट मार्फत आइफोन १३ सिरिजका ४ मोडलहरु सार्वजनिक गर्ने भएको हो ।

यस इभेन्टमा एप्पलले आइफोन १३, आइफोन १३ मिनी, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स सार्वजनिक गर्ने छ ।

आइफोन १३ मिनीमा ५.४ इन्चको डिस्प्ले, आइफोन १३ र १३ प्रोमा ६.१ इन्चको डिस्प्ले र आइफोन १३ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले हुनेछ । सबै मोडल ए१५ बायोनिक प्रोसेसर सहित आउनेछन् ।

अनलाइनमा लीक भएका आइफोन १३ का केही विशेषतामध्ये यसमा स्याटलाइट कम्युनिकेसन सपोर्ट गर्ने स्न्यापड्र्यागन एक्स६० बेसव्याण्ड चिप रहेको छ ।

त्यस्तै सन् २०१९ मा ब्लूमबर्गले एप्पलले शीघ्र डेटा सम्प्रेषण गर्नका लागि एलइओ स्याटलाइट कम्युनिकेसन मोडको प्रयोग गर्नसक्ने बताएको थियो । एप्पलले यसको प्रयोग आइफोन १३ लगायत एप्पलका अन्य उत्पादनमा पनि प्रयोग गर्नसक्ने बताएको थियो ।

क्वालकम एक्स६० बेसव्याण्ड मोडम चिपको मद्दतले एलइओ स्याटलाइट कम्युनिकेसनले काम गर्नेछ जसको प्रयोग गरी नेटवर्क नभएपनि फोनकल गर्न र म्यासेज पठाउन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स