अनिश्चित कालका लागि ड्राइभिङ लाइसेन्स बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले मंसिरदेखि ड्राइभिङ लाइसेन्स आवेदन नलिने भएको छ । कर्मचारी चुनावमा खटिनुपर्ने भन्दै विभागले मंसिरदेखि लाइसेन्स आवेदन बन्द गरेको हो ।

यातायात विभागले शुक्रबार एक सूचना जारी गर्दै अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द हुने सूचना जारी गरेको छ । संघीय निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने कारण भएकाले विभागले लाइसेन्स प्रक्रिया बन्द गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स