फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, कतिले बढ्यो ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएर पठाएको हो ।

जसअनुसार पेट्रोलमा ०.६१ रुपैयाँ प्रतिलिटर, डिजेलमा ५.७६ रुपैयाँ प्रतिलिटर, मट्टीतेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धनमा प्रति लिटर ४.७७ रुपैयाँले बढेर आएको छ भने एलपी ग्याँसको मूल्य घटेर आएको छ ।

नयाँ मूल्य अनुसार डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२.१४ रुपैयाँ पुगेको छ । एल.पी.ग्यासमा प्रति सिलिण्डर २२८.८४ रुपैयाँ घाटा भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा केही नाफा हुने निगमले जनाएको छ । यसबाट समग्रमा निगमलाई आगामी १५ दिनमा करीब १८ करोड नाफा हुने प्रक्षेपण निगमको छ ।

आईओसीले हरेक १५र१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स