बैंकहरूले ३ महिनामा गरे कर्मचारीका लागि १६ अर्ब खर्च, कुन बैंकको कति ?

काठमाडौं । देशमा सञ्चालित २६ वटा वाणिज्य बैंकले कर्मचारीका लागि करिब १६ अर्ब रुपैयाँ खर्च गरेका छन् । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ अर्ब ९५ करोड रुपैयाँ कर्मचारीहरूको बोनस तथा तलब भत्तामा खर्च गरेका हुन् । सो खर्चमध्ये १२ अर्ब ९९ करोड कर्मचारीका लागि मासित तलव तथा भत्तामा भएको खर्च हो भने २ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ कर्मचारीहरूका लागि छुट्याइएको बोनस हो ।

बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमास असोजसम्म कर्मचारीहरूको तलब तथा बोनसका लागि करिब ५८ प्रतिशतदेखि ३.२ प्रतिशतसम्म रकम छु्ट्याएका छन् । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् ।

विदेशी लगानीमा सञ्चालित स्ट्यान्डर्ड चार्टड बैंक कर्मचारीलाई तलब र बोनस बढी दिने बैंकको पहिलो स्थानमा परको छ भने एभरेष्ट बैंक ५ औं स्थानमा र नेपाल एसबिआई बैंक ८ औं स्थानमा परेको छ ।

सरकारी स्वामित्वको कृषि विकास बैंक कर्मचारीलाई कम सेवा सुविधा दिने पहिलो बैंक बनेको छ भने नेपाल बैंक तेस्रो र राष्ट्रिय वाणिज्य बैंक ११ औं स्थानमा रहेको छ ।

गत आर्थिक वर्षमा कर्मचारीलाई बढी तलव तथा बोनस दिने बैंकमा पहिलो स्ट्यान्डर्ड चार्टड बैंक परेको छ भने दोस्रोमा नेपाल इन्भेष्टमेन्ट र तेस्रोमा नबिल बैंक परेको छ । कर्मचारीलार्य बढी सेवा सुविधा दिने बैंकमा प्राइम र एभरेष्ट बैंक पनि क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।

बैंकहरूको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कृषि विकास बैंकका कर्मचारीले सबैभन्दा खर्च गरेको देखिन्छ । बैंकले कर्मचारीको तलब तथा बोनसको लागि कुल खर्चको जम्मा ३.२ प्रतिशतमात्र खर्च गर्ने गरेको छ ।

कर्मचारीलाई कम तलब तथा बोनस दिने बैंकको दोस्रो नम्बरमा सनराइज बैंक र तेस्रो नेपाल बैंक परेको छ । माछापुच्छे« र सिद्धार्थ बैंक पनि कर्मचारीलाई कम सेवा सुविधा दिने बैंकका रुपमा देखिएका छन् ।

अधिकांश बैंकहरूले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई किस्ता किस्तामा वितरण गर्छन् । केही बैंकहरूले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको दोस्रो साताभित्र र केही बैंकहरूले दशैंमा र वार्षिक साधारणसभामा बोनस वितरण गर्दै आएका छन् ।

बैंकका कर्मचारीहरूले बोनस समेत जोडर १८ महिनासम्मको तलब पाउने भएकाले बैंकको जागिरलाई अहिले सबैभन्दा आकर्षण जागीर मान्ने गरिन्छ ।

चालु आवको यो अवधिमा कर्मचारीलाई बोनस दिनेमा स्ट्यान्डर्ड चार्टर्ड शीर्ष स्थानमा रहेको छ । बैंकले २२ करोड ३५ लाख २८ हजार रुपैयाँ कर्मचारीहरूको तलब र १२ करोड ८७ लाख ९३ हजार बोनस छुट्याएको छ । बैंकको कुल कर्मचारी खर्चको ५७.६ प्रतिशत बोनस हो ।

कर्मचारीलाई बढी बोनस छुट्याउने बैंकको दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक परेको छ । बैंकले कर्मचारीहरूको बोनसका लागि १८ करोड १० लाख ४७ हजार रुपैया छुट्याएको छ । यो कुल कर्मचारी खर्चको ५७.३ प्रतिशतन हो । बैंकको कुल कर्मचारी तलब तथा भत्ताको लागि ३१ करोड ५७ लाख ४१हजार पुगेको छ ।

कर्मचारी सेवा सुविधा बढी दिने तेस्रो स्थानमा परेको नबिल बैंकले कर्मचारीको तलब भत्ताका लागि अहिलो त्रैमासमा ५७ करोड २८ लाख ४८ हजार रुपैयाँ खर्च गरेको छ भने बोसनका लागि २४ करोड ९४ लाख ४६ हजार रुपैयाँ छुट्याएको छ । सो खर्च बैंकको कुल खर्चको ४३.५ प्रतिशत हो ।

कुन बैंकले कति गरे खर्च बोनस र तलब भत्तामा ?

 Bank  Bonus  Staff Expenses  Bonus/Staff Expenses  Rank
Standard Chartered        128,793           223,528 57.6% 1
Nepal Investment        181,047           315,741 57.3% 2
Nabil        249,446           572,848 43.5% 3
Prime        139,149           367,501 37.9% 4
Everest        136,863           458,330 29.9% 5
NIC Asia        278,854           951,767 29.3% 6
Nepal Credit & Commerce          79,847           273,331 29.2% 7
Nepal SBI          99,581           348,854 28.5% 8
Kumari        158,962           561,524 28.3% 9
NMB        143,580           525,251 27.3% 10
Rastriya Banijya Bank        197,885           773,645 25.6% 11
Sanima          85,412           336,316 25.4% 12
Himalayan          84,525           334,523 25.3% 13
Global IME        187,455           754,373 24.8% 14
Laxmi          79,945           344,666 23.2% 15
Civil          65,888           324,439 20.3% 16
Citizens          79,558           396,534 20.1% 17
Century          50,558           294,051 17.2% 18
Mega          78,604           459,181 17.1% 19
 Prabhu        112,902           730,599 15.5% 20
Bank of Kathmandu          44,542           306,287 14.5% 21
 Siddhartha          80,106           601,584 13.3% 22
 Machhapuchchre          71,616           612,902 11.7% 23
 Nepal Bank          88,351           788,217 11.2% 24
Sunrise          26,322           486,109 5.4% 25
Agricultural Dev          27,462           850,873 3.2% 26
Total      2,957,252      12,992,975 22.8%

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स