रियलमी युआइ विजेट को-क्रिएट गर्न सहभागिताको आव्हान

काठमाडौं । संसारमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमी ले
रियलमी यु आइ विजेट को क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ । यो क्याम्पेनमा एप डेभलपर, यु एक्स डिजाइनर एवम्स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारी देखि लिएर सर्वसाधारण समेत सहभागि हुन सक्नेछन्।

विश्वभर छरिएर रहेका आफ्नो रियलमी फ्यानहरुसँग मिलेर नयाँ रियलमी युआइ विजेट सहसिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्धेश्यले यो क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ ।

साथै यस क्याम्पेनले उपभोक्ताहरुलाई रियलमीको भविष्यको यु आइ विजेट कस्तो हुनेछ भनेर प्रभावकारी भूमिका खेल्न र सह सिर्जना गर्ने अद्दितिय अवसर प्रदान गर्नेछ । यसरी बनाइने नयाँ विजेट विल्कुलै भिन्न र कटिङ एज डिजाइन युक्त मात्र नभै उपभोक्ताहरुको दैनिक प्रयोगको लागि आवश्यक फंसनालिटीहरु पनि समावेश गरिनेछ ।

साथै यसमा हरेक चोटि स्क्रिन अनलक गर्दा आवश्यक सुचनाहरु पनि प्रदान गर्ने गरी डिजाइन गरिने कम्पनीले जनाएको छ । यस यु आइ विजेटको मुख्य काम आवश्यक सुचनाहरु होम स्क्रिनमा सरल तरिकाले देखिने बनाउनु हो । त्यसैले यस सह सिर्जनात्मक कार्यमा रियलमीले सहभागिहरुबाट रोचक र नवीन आइडियाहरुको अपेक्षा गरेको छ ।

तपाईं आफ्नो होम स्क्रिनमा कुन विजेट राख्न चाहनुहुन्छ ? हामीलाई तल दिइएका
विवरणहरु प्रदान गर्नुहोस् र आफ्नो चाहना साकार बनाउने मौकाको सदुपयोग गर्नुहोस् आइडिया प्रदान गर्ने अन्तिम मिति : कार्तिक २९, २ बजे सम्म छनोट गरिएका आइडियाहरु मंसिर २२ गते सर्वजनिक गरिनेछन् ।

एक जना सहभागिले एकभन्दा बढी आइडियाहरु प्रदान गर्न सक्नेछन्। यसको लागि को-क्रिएसन टेम्पेलेट डाउनलोड गरेर सोही टेम्पलेट अनुसार एन्ट्री र सम्बन्धित डिजाइनहरु पुरा गर्नुपर्ने हुन्छ । PDF, DOC, DOCX, PNG, JPG, JPEG, फर्म्याटका फाइलहरु मान्य हुनेछन्।

यदि तपाईंको आइडिया मान्य भएको खन्डमा रियलमी जिटि नियो ३ र एक्स्क्लुसिभ
कम्युनिटी ब्याज प्रदान गरिनेछ ,सहभागि सम्पूर्णले नयाँ रियलमि यु आइ विजेटको अर्ली एक्सेस भर्जन प्रयोग गर्ने अवसर पाउने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स