आजबाट सानिमा ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुला

काठमाडौं । सानिमा क्यापिटलले आज (कात्तिक १६) गतेदेखि नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्री खुला गरेको छ ।क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा ग्रोथ फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो ।

यस योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये न्यूनतम १ करोड ५६ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ । छिटोमा कार्तिक २० गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा कार्तिक ३० गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि ११ वर्ष रहेको छ ।

सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स