काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर ९३ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ कायम आज १० रूपैयाँले बढेर १२ सय २५ रूपैयाँ कायम भएको छ ।