मल्टीपर्पस फाइनान्सको नाफा बढ्यो

काठमाडौं । मल्टीपर्पस फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको खुद नाफा १ लाख ५२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । गत आर्थिक वर्षको यो अवधिसम्ममा ऋणात्मक रहेको फाइनान्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ ।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि फाइनान्सको खुद नाफा धनात्मक हुन पुगेको हो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३.५८ प्रतिशत घटेको छ । खुद फि तथा कमिसन आम्दानी २२.३६ प्रतिशत घटेको छ । इम्पेरमेन्ट चार्ज १९ लाख रुपैयाँ रिभर्स भएसँगै सञ्चालन मुनाफा ५ लाख ७८ हजार रुपैयाँ धनात्मक भएको छ । जसका कारण खुद नाफा पनि धनात्मक हुन पुगेको हो ।

नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी अर्थात ईपीएस ३७ पैसा धनात्मक भएको छ । असोज मसान्तसम्ममा फाइनान्सको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८६ पैसा रहेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पुँजी १३ प्रतिशत बढेको छ भने जगेडा कोष ४७.७४ प्रतिशत घटेको छ । फाइनान्सको निक्षेप १८९.६५ प्रतिशत बढेको छ भने कर्जा ८२.८५ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स