काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा उछाल आएको छ ।
मंगलबार, नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ अंक विन्दुमा आइपुगेको छ ।
आज ३९ लाख ७१ हजारको कित्ता सेयर १ अर्ब २९ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।
आज १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, न्यादी हाइड्रोपावरमा १० प्रतिशत र युनिर्भसल पावर कम्पनीमा ९ प्रतिशतको सर्किट लागेको छ ।
आज एनआईसी एशिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ६५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि, नबिल बैंकको ५ करोड ९२ लाख, शिवम् सिमेन्ट्सको ५ करोड १७ लाख, रिडी पावर कम्पनीको ५ करोड ३९ हजार र एभरेष्ट बैंकको ४ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।