आवेदनै नपरी रद्द हुने भयो नयाँ स्टक एक्सचेन्ज र कमोडिटी सञ्चालनको लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको लाइसेन्स प्रक्रिया रद्द हुने भएको छ । सर्वोच्च अदालतले लाइसेन्स प्रक्रिया अगाडि नबढाउन अन्तरिम अल्पकालीन आदेश जारी दिएपछि अब बोर्डले माग गरेको लाइसेन्सका आवेदन प्रक्रिया नै रद्द हुने देखिएको हो ।

सर्वोच्च अदालतले निर्वाचन आचार संहिता लागि सेकेपछि लाइसेन्स दिन नमिल्ने भन्दै अन्तरिम अल्पकालीन आदेश दिएको थियो । यो विषयमा छलफल गर्न बोर्डलाई २२ गते अदालतमा बोलाएको छ ।

तर, बोर्डले आवेदन माग गरेको मिति आज कार्तिक १५ गते सकिदैछ । यस अघि स्टक एक्सचेन्ज र कमोटिडी मार्केट सम्बन्धी कुनै पनि आवेदन नपरेको र हिजो सोमबारबाट आवेदन दिने प्रक्रिया रोकिएकोले अब यी दुई बजार सञ्चालन गर्ने लाइसेन्स प्रक्रिया रोकिने भएको छ ।

सर्वोच्चको यो आदेश हिजो सोमबार बोर्डमा पुगेको छ । आदेश पुगेपछि धितोपत्र बोर्डले लाइसेन्सका लागि आवेदन लिने प्रक्रिया हिजोबाटै स्थगित गरेको छ ।

अदालतले कार्तिक २२ गतेमात्रै विपक्षीलाई अदालतमा बोलाएको हुँदा छलफलबाट लाइसेन्स प्रक्रिया अघि बढ्ने भएपनि सूचना जारी गरेको मिति भने सकिने छ । सो अब अर्को सूचना ननिकालेसम्मका लागि स्टक एक्सचेन्ज र कमोडिटी मार्केट सञ्चालनको लाइसेन्स प्रक्रिया रोकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स